• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाज

विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद साहलाई जनकपुर ल्याइयो

Lekhnath Khabar by Lekhnath Khabar
October 15, 2019
in समाज
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर विमानस्थलमा तोडफोड गर्ने राजपा नेपालका सांसद प्रमोद कुमार साहलाई पक्राउ गरी जनकपुर ल्याइएको छ ।

सांसद साहलाई काठमाण्डौकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसाे पक्राउ गरी विमानबाटै जनकपुर ल्याएको हो । काठमाण्डौबाट ओखलढुंगा जानका लागि त्रिभुवन विमान स्थल पुगेका सांसद साहलाई नेपाल प्रहरील पक्राउ गरेको थियो ।

बुद्ध एयरको विमानबाट जनकपुर ल्याइएका सांसद साहलाई कडा सुरक्षाबीच जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको हाे । सोमबार काठमाण्डाै जाने क्रममा जनकपुर विमानस्थलमा बुद्ध एयरको विमान डिले भएको र एकजना सिकिस्त बिरामीलाई लामो समय कुराएको भन्दै सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।

विमानमा चढ्न अवरोध गरेपछि बुद्ध एयरका जनकपुर प्रमुख विजय प्रसाद सिंंह र सांसद साहबीच हात हालाहाल समेत भएको थियो ।

नागरिक उड्डयन प्राधिकरण जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा तोडफोड तथा विमान सञ्चालनमा अवरोध पुर्‍याएको आरोपसहित सांसद साहविरुद्ध मंगलबार जाहेरी दर्ता गराएको थियो ।

सम्बन्धित समाचार
जनकपुर विमानस्थलमा ताेडफाेड गर्ने सांसद साह काठमाण्डाैबाट पक्राउ
जनकपुर विमानस्थलमा राजपा सांसद साहद्वारा तोडफोड, व्यवस्थापक र सांसदबीच कुटाकुट

त्यसपछि उनलाई पक्राउ गर्न धनुषा प्रहरीले जिल्ला अदालत धनुषासँग अनुमति मागेको थियो । अदालतले अनुमति दिएलगत्तै महानगरीय प्रहरी कार्यालय काठमाण्डाैकाे सहयाेगमा सांसद साहलाई मंगलबार १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनी पक्राउ गरिएकाे थियाे ।

सांसद साह दोषी ठहरिए तोडफोड अन्तर्गत नष्ट भएको सामानको बिगो भरपाई सहित एकवर्षदेखि ५ वर्षसम्म कैद सजाय र विमान सञ्चालनमा बाधा पुर्या‍एको आरोप ठहर भएमा ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

यता राजपा नेपालका प्रदेश सांसद तथा राजपाका सचेतक प्रमेश्वर साहले आन्दोलनको चेतावनी दिनुभएको छ । सांसद साहलाई फसाउने षड्यन्त्र भए राजपा नेपाल चुप भएर नबस्ने र त्यसविरुद्ध अघि बढ्ने सचेतक साहको भनाइ छ ।

Previous Post

सी भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट भएको नेपाल प्रहरीको दाबी

Next Post

महानायक पनि पुगे मुस्कानलाई भेट्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

मधेस कास्की समाजको नवदुर्गा पूजा समारोह, मधेसी समुदायलाई सम्मान
समाचार

मधेस कास्की समाजको नवदुर्गा पूजा समारोह, मधेसी समुदायलाई सम्मान

डाँडाकोनाक प्रहरी चौकीमा गुणराज, चाडपर्वमा बिशेष सुरक्षाको प्रतिवद्धता
समाचार

डाँडाकोनाक प्रहरी चौकीमा गुणराज, चाडपर्वमा बिशेष सुरक्षाको प्रतिवद्धता

लेखनाथ खानेपानीका अध्यक्ष शर्मालाई मातृशोक
समाचार

लेखनाथ खानेपानीका अध्यक्ष शर्मालाई मातृशोक

पोखरा २६ को पैते फेदीमा सामुदायिक भवन
समाज

पोखरा २६ को पैते फेदीमा सामुदायिक भवन

पोखरा २७ मा जेष्ठ नागरिक सेवा समाज गठन
समाचार

पोखरा २७ मा जेष्ठ नागरिक सेवा समाज गठन

Next Post
महानायक पनि पुगे मुस्कानलाई भेट्न

महानायक पनि पुगे मुस्कानलाई भेट्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?