• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

संघीयताले सुख सुविधा नभइ सास्ती थपेको तेह्रथुमका किसानहरुको गुनासो !

Lekhnath Khabar by Lekhnath Khabar
September 14, 2019
in कृषी
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

१. संघीयताले सुख सुविधा नभइ सास्ती थपेको तेह्रथुमका किसानहरुको गुनासो

संघीयता व्यवस्थापनमा पर्याप्त अध्ययन नगरिदा त्यस्का नकारात्मक असरहरु पनि देखिन थालेको छ । विशेषत धेरै सरकारी कार्यालयहरु जस्ले जिल्ला जिल्लामा रहेर प्रत्यक्षरुपमा जिल्लावासीहरुलाई सहज योगदान दिइरहेका थिए , त्यस्ता कार्यालयहरु बिभिन्न जिल्लाबाट विस्थापित गरि कुनै एक जिल्लामा मात्र केन्द्रित गरिदा धेरै जिल्लाका जनता मारमा परेका छन् । जिल्लामा रहेका जिल्ला पशु सेवा कार्यालय र कृषि विकास कार्यालय जस्ता जनतासंग प्रत्यक्ष जोडिएका कार्यालयहरु हटाइदा किसानहरुले ठूलो सास्ती भोग्नु परिरहेको छ ।

तेह्रथुमको पशु सेवा कार्यालय र कृषि विकास कार्यालय धनकुटा सारिएको असन्तुष्ट किसानहरु लामो समयदेखि संघर्ष गर्दै आएका छन् । तर आफुहरुको मागको सुनुवाई नभएको भन्दै उनीहरुले तेह«थुम सदरमुकाम म्याङलुङमा साप्ताहिकरुपमा लाग्दै आएको हाटबजार पनि बन्द गराएका छन् ।

२.समाजलाई अपराधमुक्त बनाउन त्रियुगा नगरपालिकामा थालियो लागूऔषध विरोधी अभियान

सभ्य र भव्य समाज निर्माणका लागि धेरै पक्षको उपस्थिति आवश्यक हुन्छ नै । समाजमा अपराध बढ्नु र आपराधिक घटनाहरु बढ्नुको पछाडि धेरै कारक पक्षहरुको उपस्थिति विद्यमान हुन्छ । समाजमा अपराध बढ्ने मुख्य कारणमा अहिले लागू औषध र मद्यपानको प्रयोगकर्ता बढनुलाई पनि लिन थालिएको छ । त्यसैले अपराधमुक्त समाजको कल्पना र स्थापनाका लागि लागू औषध दुव्र्यवसनी बढ्न नदिनेतर्फ सचेतना बढाउन आवश्यक छ । उदयपुरको त्रियुगा नगरपालिका अहिले यही अभियानमा होमिएको छ ।

नगरपालिकाले बिभिन्न निकायसंगको साझेदारी र सहकार्यमा समाजलाई सुरक्षित बनाउने अभियानको थालनी गरेपछि अहिले त्रियुगा उदाहरणीय काममा अगाडि बढेको महसुस सबैले गरेका छन् । प्रत्येक घर सुरक्षित नभए नगर र समाजसमेत सुरक्षित हुदैन भन्ने मान्यतालाई केन्द्रविन्दुमा राखेर थालिएको लागूऔषधविरुद्धको अभियान प्रभावकारी बन्ने संकेत पनि देखिएको छ ।

३. फौजी किराको आतंकले भोजपुरका किसानलाई पनि रुवायो, के खाने भन्ने समस्या थपियो

अनिकालको संकेत देखिएको छ मुलुकमा यसपटक । अमेरिकी फौजी किराको आतंकले पूर्वका अन्नका भण्डारहरुमा आक्रमण गरेपछि किसानहरु के खाने भन्ने प्रश्नले पिरोलिएका छन् भने धान तथा मकैको उत्पादनमा ह«ास आउने सम्भावना बढ्दा मुलुकमा नै खाद्यान्नको अनिकाल लाग्ने अवस्था पनि देखिएको छ । ओखलढुंगा, रामेछाप, तेह«थुम, झापा हुँदै फौजी किराको प्रकोपले भोजपुरमा किसानले लगाएको मकै पनि सखाप पारेको छ ।

मानिसलाई मात्र नभई गाइवस्तुलाई घाँस र परालको अभाव देखिने गरी मकै र धान सखाप पारेपछि राज्यले ति क्षेत्रका किसानहरुका लागि विशेष राहतको प्याकेज लान पनि जरुरी देखिएको छ ।

Previous Post

विराटनगरमा भिमसेन जात्रा निकालियाे !

Next Post

राजतन्त्र फर्काउन सम्भव छैनः सभापति देउवा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने
कृषी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने

सिलिङ्गे सहकारीद्धारा फलफुलका विरुवा वितरण
कृषी

सिलिङ्गे सहकारीद्धारा फलफुलका विरुवा वितरण

मैदी ताल किनारामा धान दिवस
कृषी

मैदी ताल किनारामा धान दिवस

गोलभेंडामा टुटा किराको विगविगी
कृषी

गोलभेंडामा टुटा किराको विगविगी

चैतेधान रोप्ने किसानलाई पोखरा २७ को सहयोग
कृषी

चैतेधान रोप्ने किसानलाई पोखरा २७ को सहयोग

Next Post
राजतन्त्र फर्काउन सम्भव छैनः सभापति देउवा

राजतन्त्र फर्काउन सम्भव छैनः सभापति देउवा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?