लेखनाथ, २३ माघ । पोखरा महानगरपालिका वडा नं स्थित कृषि सञ्जालले कृषकहरुका लागि कृषि सामग्री एवं बिउविजन वितरण गरेको छ ।
पोखरा महानगरपालिका कृषि महाशाखाद्वारा ५० प्रतिशत अनुदानमा उपलब्ध गराईएका कृषि सामग्री तथा पोखरा महानगरपालिका वडा नं. ३० को आर्थिक सहयोगमा लहरे तरकारीको बिउबिजन कृषकहरुलाई वितरण गरिएको हो ।
वितरण गरिएका सामग्रीहरुमा काउ म्याट, स्प्रेयर, हेल नेट, टनेल प्लाष्टिक, मल्चिङ प्लाष्टिक, मकै छोडाउने मेशिन, विभिन्न लहरे तरकारीका बिउबिजनहरु रहेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले शिक्षा स्वास्थ्य र कृषिमा वडाले प्राथमिकता दिईरहेको वताउँदै वितरण गरिएका सामग्रीको सहि सदुपयोग गर्न आग्रह गर्दै वडाभित्र कृषि सञ्जालले गरिरहेको कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले उत्पादन बढोस र लागत घटोस भन्ने उदेश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले वितरण गरिएका सामग्रीहरुको सहि सदुपयोग गर्न आग्रह गर्दै किसानहरुको क्षति न्युनिकरण गर्न कृषि बिमामा पनि जोडिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा वडा नं. ३० कि वडा सदस्य उमा परियारले आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्न सकेदेखी आयआर्जन गर्न सकिनुका साथै स्वास्थ्यको लागि विषादीरहित तरकारी उपभोग गर्न सकिने वताएकी थिईन ।
कृषि सञ्जालका अध्यक्ष बाबुराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्जालका सचिव अनन्त कँडेलले गरेका थिए ।






Discussion about this post