पुष ५, लेखनाथ –
पोखरा २७ मा रहेको दिपाङताल मत्स्य तथा कृषि उत्पादन सहकारी संस्थाको नेतृत्वमा दिपेन्द्र शर्मा निर्विरोध निर्वाचित भएका छन्। संस्थाको दशौँ वार्षिक साधारण सभा एवं चौथो अधिवेशनबाट निर्विरोध रुपमा शर्मा अध्यक्षमा निर्वाचित भएका हुन्।
संस्थाको उपाध्यक्षमा तिल बहादुर भुजेल, सचिवमा वेदनाथ अधिकारी, कोषाध्यक्षमा कृष्ण रिजाल निर्वाचित भएका छन् भने सदस्यहरूमा रमा कुमाल, कृष्ण पाण्डे, सूर्यप्रसाद तिमल्सिना, कुमार सापकोटा, विष्णु न्यौपाने गुरुङ निर्विरोध निर्वाचित भएका छन्।
दशौँ वार्षिक साधारण सभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सहकारी भनेको सहकार्य गर्दै स्थानीय विकासमा लाग्ने संस्था हुँदा सहकारीको हाल सम्मको सन्तोषजनक वित्तीय अवस्थाको प्रशंशा गर्दै सहकारीले दिपाङ तालको संरक्षण र प्रवर्द्धनमा उल्लेख्य काम गरेको मा धन्यबाद ब्यक्त गर्नुभयो।
सहकारीका अध्यक्ष कृष्णबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव कविता घिमिरेले सञ्चालन गर्नु भएको थियो ।






Discussion about this post