लेखनाथ ६ पुस । भारतीय सेनामा कार्यरत तृतिय वाहिनी प्रथम गोर्खा राईफल सैनिक परिवार पोखराले आईतवार विविध कार्यक्रमका साथ आफनो ६६औं स्थापना दिवस मनाएको छ ।
सन १९५९ को डिसेम्वर २१ मा अर्फिकाको कंगोमा भारती सेनाको तर्फबाट तृतिय बाहिनी प्रथम गोर्खा राईफलले विजय प्राप्त गरेका दिनलाई नै स्थापना दिवसका रुपमा मनाउने क्रमलाई निरन्तरता दिदै गण्डकी प्रदेश भित्र रहेका भारतीय भुपु सेनाहरुले यस पर्वलाई उत्साहका रुपमा मनाउदै आएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै हनरी क्याप्टेन रन वहादुर गुरुङले सेनामा रहदा अनुशासन र आफनो काम प्रति निश्ठावन हुन सकेकै कारण नेपालीहरुले अन्तराष्ट्रिय रुपमा ख्याती कमाएको वताएका थिए ।
सोही अवसरमा कर्नेल राम शिह क्षेत्रीले नेपाली पुर्खाले देखाएको वहादुरी र ईमान्दारीता कै कारण नेपालीहरुलाई विर गोर्खालीका रुपमा चिनीदै आएको धारणा राखेका थिए ।
तृतिय बाहिनी प्रथम गोर्खा राईफल सैनिक परिवार पोखराका अध्यक्ष क्याटेन गणेश प्रसाद गुरुङका
अध्यक्षतामा भएको कार्यक्रममा हनरी क्याप्टेन नौन शिह गुरुङ फाएप जि आर का हनरी क्यप्टेन ८७ वर्षिय हित मान गुरुङ,फस्ट जि आरका क्याप्टेन रित बहादुर गुरुङ,फोर्त जि आरका रामप्रसाद गुरुङ लगाएतले भारती सेनामा हुदा देखाएको वाहादुरीताका वारेमा चर्चा गरेका थिए ।
तृतिय बाहिनी प्रथम गोर्खा राईफल पोखरा सचिव सुवेदार मेजर टेक वहादुर गुरुङले संचालन गरेका कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुवेदार मेजर हनरी क्याप्टने रुकुम वहादुर रानाले गरेका थिए भने कार्यक्रमको उदेश्य र उपयोगिताका बारेमा सह सचिव गम वहादुर गुरुङले गरेका थिए ।
बिबिध सास्कृति कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा ८० वर्ष माथीका भु पु हरु र सस्थामा आजिवन सदस्य भएकाहरुलाई सन्मान गरिएको थियो ।






Discussion about this post