लेखनाथ, ७ पुस । कास्कीको पोखरा महानगर पालिका वडा नं. २७ को अर्घौचोकमा रहेको त्रिवेणी पब्लिक मा.वि.मा नृत्य प्रतियोगिता, बिद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरिएको छ ।
नेसनल प्याब्सन, कास्कीले आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता – २०८२ मा विभिन्न विधामा उपाधी चुमेका विद्यार्थीहरुलाई विद्यालयले एक कार्यक्रमका विच सम्मान तथा बधाई ज्ञापन गरेको हो ।
विद्यालयले सामूहिक लोकनृत्य प्रतियोगिता तर्फ द्वितीय , क्रिकेट तर्फ द्वितीय , अग्रेजी वक्तृत्वकला तर्फ द्वितीय र बिज्ञान तथा प्रबिधी तर्फ तृतीय भएका थिए । विजयी विद्यार्थीहरुलाइ विद्यालयका संस्थापक प्रिन्सपल बिष्णु प्रसाद अधिकारी, सह– प्राचार्य प्रकाश सुवेदी एकडेमिक डिन राम प्रसाद शर्माले खादा लगाई नगद पुरस्कार सहित बधाई तथा सम्मान गरेका हुन् ।
सोही अवसरमा सम्बन्धि विधाका शिक्षक र प्रशिक्षकलाई सम्मान ब्यक्त गर्दै प्रतियोगितामा विभिन्न विधामा पुरस्कार प्राप्त गरी बिद्यालयको गरिमा बढाउन सफल विद्यार्थीहरुलाई बधाई सहित सम्मान गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल बिष्णु प्रसाद अधिकारीले जानकारी दिए । ‘विद्यार्थीका विभिन्न खालका प्रतिभा पहिचान गर्नका लागि गरेको लगानी सफल भएको महसुस गरेका छौ’ संस्थापक प्रिन्सिपल अधिकारीले भने, ‘आगामी दिनमा पनि अझै विद्यार्थीका प्रतिभालाई निखारता ल्याउँदै अगाडि बढ्ने छौं उनको भनाई थियो ।
प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका एक हजार पाँच सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेका थिए ।
खेलकुद प्रतियोगितामा तर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीको क्रिकेट र कक्षा ११, १२ को फुटसल प्रतियोगिता भएको थियो भने सोही दिन बिधालयको स्र्पोट मिट–२०८२ मा विभिन्न बिधामा मेडल प्राप्त गर्ने बिद्यार्थीहरुलाइ सम्मान गरिएको थियो भने कक्षा २ देखि कक्षा ९ सम्मका बिद्यार्थीहरुका बिच नृत्य प्रतियोगिता सम्पन्न गरिएको बताईएको छ ।






Discussion about this post