• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई रूपान्तरण गर्ने : मन्त्री भण्डारी

Ramsharan Nepali by Ramsharan Nepali
December 31, 2025
in समाचार, स्थानीय
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १६ पुस । श्रम, रोजगार,सामाजिक सुरक्षा तथा खानेपानी मन्त्री राजेन्द्र सिंह भण्डारीले प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई अवतरण र रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।

लेखनाथ खानेपानी उपभोक्ता संस्थाले बुधबार मन्त्री भण्डारीको स्वागत सन्मानमा राखेको कार्यक्रममा बोल्दै खानेपानीको पहिलो उपयोगिताको सिद्धान्तलाई आत्मसात् गर्दै स्मार्ट (प्रविधि–मैत्री) व्यवस्थापन मार्फत वर्तमान अवस्थामा राज्य तथा संघ–संस्थाको सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले मुलुकले १० वर्षे जनयुद्धभन्दा २४ घण्टामा ठूलो क्षति व्यहोर्नुपरेको उदाहरण दिँदै नीतिगत रूपमा प्रविधि–मैत्री द्वन्द्व समाधान, युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने सरकारको उद्देश्य रहेको बताए । नवयुवालाई आक्रोश र कुण्ठामा होइन, राष्ट्र निर्माणमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै संक्रमण अवस्थालाई अवतरण र रूपान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे । जनताको सर्वोत्तम हित बाहेक अर्को कुनै उद्देश्य नभएको बताउँदै सबैलाई सार्वजनिक हितमा लाग्न आग्रह गरे ।

मन्त्री भण्डारीले आफू मन्त्रीको पदावली बाहेक अन्य कुनै कार्यमा संलग्न नभएको, यस संस्थामा पहिलो पटक आएको र भ्रमण नितान्त व्यक्तिगत भएको स्पष्ट पारे । उनले समस्या समाधान, रणनीति र नीतिगत रूपमा खानेपानीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै समस्यामा परेका जनताको वास्तविक आवश्यकता पहिचान गरी सेवामुखी वर्गीकरणका आधारमा मानवीय तथा संवेदनशील ढंगले काम गर्न आग्रह गरे ।

उक्त कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले विभिन्न समयमा मन्त्रीहरू समक्ष गुनासो राख्दै आएको उल्लेख गर्दै व्यवसायी सरह कर तिर्न बाध्य उपभोक्ता संस्थालाई प्यान र भ्याटमा सेवामुखी छुटको व्यवस्था हुनुपर्ने माग गरे । उनले आफुहरु कुल महसुलको १ प्रतिशत नेपाल सरकारलाई दिन तयार भएको तर यो सस्था नाफा मुखी नभई सेवा मुलक सस्था भएकाले आम्दानीको २५ प्रतिशत कर लगाउने नेपाल सरकारको निर्णयलाई पुनरावलोकन गर्नुपर्ने, विद्युत् महसुलमा ५० प्रतिशत छुट कार्यान्वयन हुनुपर्ने, टिडिएफबाट १ प्रतिशत ब्याजदरमा ऋण लिएर ७५ प्रतिशत लगानी गरेका खानेपानी उपभोक्ता संस्थालाई ५ प्रतिशतमा ऋण लगाइने व्यवस्था लगायतका समस्या समाधानमा सरकारको ध्यान जानु पर्ने सुझाव राखे ।

कार्यक्रममा संस्थाका गतिविधी र भावी कार्ययोजनालाई श्रव्य–दृश्य मार्फत कार्यालय प्रमुख शिव अमात्यले जानकारी गराएका थिए । साथै उनले हराएको पानी पत्ता लगाउने प्रविधि, नेपालमै पहिलो पटक खानेपानी बीमा, स्मार्ट पानी वितरण प्रणाली, अनलाइन भुक्तानी, मूलदेखि धारासम्म शुद्ध खानेपानी आपूर्ति, जलवायु अनुकूलित वितरण प्रणाली, आधुनिक प्रयोगशालाको स्थापना तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट प्राप्त प्रविधि र मर्मत सहयोगबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष पुष्पकलम ढुंगानाले गरेका थिए भने कार्यक्रम सञ्चालन राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी कोषाध्यक्ष तथा सस्थाकी सचिव नारायणी भट्टराई (रक्षा) ले गरेकी थिइन् ।

Previous Post

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई

Next Post

आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?