लेखनाथ, २३ चैत । लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा युवा ब्यवसायि छत्रधर आत्रेयले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य पदका लागि उमेदवारी दर्ता गराएका छन् ।
महासंघको चैत्र २९ र ३० गते काठमाडौमा हुने ६०औं बार्षिक साधारण सभा तथा निर्वाचनका लागि आत्रेयले जिल्ला नगर खुल्ला तर्फको कार्यकारिणी सदस्य पदका लागि अनलाईनबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
लेखनाथ उद्योाग बाणिज्य संघको अध्यक्ष पदमा रहँदा ब्यवसायिक हक हितका सवालमा आवाज उठाएर व्यवसायीको मन जितेका आत्रेयले गत वर्ष पनि केन्द्रिय सदस्यका पदमा उमेदवारी दिएता पनि केही प्राविधिक त्रुटिका कारण असफल भए पनि यस वर्ष भने आफनो जित पक्का पक्की जस्तै रहेको दावी गरेका छन ।
यस अघि लेखनाथ उद्योग बाणिज्य संघको तर्फबाट संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र बाबुराम गिरी केन्द्रिय सदस्य भईसकेका छन् । यस वर्ष पोखराका अन्जन श्रेष्ठले विधानतः महासंघको अध्यक्ष पदको नेतृत्व समाल्ने भएकाले पनि छत्रधर आत्रेयलाई जित नजिक पुग्न केही सहज भएको अनुमान गरिएको छ ।
गत वर्ष जिल्ला नगर खुल्ला सदस्य तर्फ १८ जना निर्वाचित हुने ब्यवस्था थियो भने यस वर्ष भने १५ जना मात्र निर्वाचित हुने ब्यवस्था रहेका छ ।






Discussion about this post