काठमाडौं । भारतीय चर्चित गायिका तथा मोडल नेहा कक्करले नेपाल आइपुगेकी छिन् । गएराती कामठाडौँ आइपुगेकी यि सुन्दरी गायिकाले आज काठमाडौँको ठमेलमा विशेष प्रस्तुती दिँदैछिन् ।
इस्मे तेरा घाटा’, मिले हो तुम हमको’, काला चस्मा’, आँख मारे’, कोकाकोला’, नैना’, गल्ली गल्ली’, दिलवर दिलवर’, सावान आया है’, धदिङ नाच’, लण्डन थुमक्डा’, दो पेग मार’, मैं तेरा ब्वाइफ्रेण्ड’ आदि लगायतका कैयौँ गीतकी बलिउड चर्चित गायिका नेहालाई सांगीतिक प्रस्तुतिका लागि पारामाउन्ट इन्टरटेन्मेन्टले ठमेलले ल्याएको हो ।
२५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्स (एलओडी) मा प्रस्तुत गर्न लागेको हो । इण्डियन आइडल सिजन २ बाट प्रतिस्पर्धीको रुपमा सांगीतिक यात्रा शुरू गरेकी नेहाले इण्डियन आइडल सिजन १० मा निर्णायकको रुपमा समेत भूमिका निभाइसकेकी छिन् ।






Discussion about this post