• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home विचार/ब्लग

सर्वोच्च गेटमा दिनहुँ जाँच गरेर सुर्तीजन्य पदार्थमा कडाइ गरे पनि चुरोटका ठुटा, सुर्तीका खोज छरपष्ट छन्

Lekhnath Khabar by Lekhnath Khabar
June 6, 2019
in विचार/ब्लग, समाज
0
0
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर : सर्वोच्च अदालतको गेटमा सुरक्षाकर्मीले दिनहुँ जाँच गरेर सुर्तीजन्य पदार्थमा कडाइ गरे पनि सर्वोच्च परिसरमा चुरोटका ठुटा, सुर्ती र खैनीका खोल यत्रतत्र छन् । नेपाल बार एसोसिएसनको कार्यालयमा त्यस्तै छ । पान नथुकेको कुनै कुना छैन ।

सार्वजनिक स्थलमा धूमपान निषेध गर्न पटक-पटक फैसला गर्ने न्यायालय मात्रै होइन, ललितपुरको पाटन क्याम्पस, भृकुटीमण्डपको आरआर र ल क्याम्पसमा पनि उस्तै समस्या छ । सर्वोच्चले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग रोक्न ०६३ र ०७२ मा गरेका फैसला कार्यान्वयन हुनुको साटो प्रयोग बढदो छ ।

वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी न्यायालय नै सुर्तीजन्य वस्तुको प्रयोग गर्ने ठाउँजस्तो देखिएको बताउँछन् । ‘मुलुकका प्रमुख व्यक्ति दिनभर बस्ने ठाउँको हालत यस्तो छ,’ उनी भन्छन्, ‘अन्य ठाउँमा कस्तो होला ?’ उनले बुधबार बिहान बार अध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीशलगायत बसेर हेर्दा कार्यालय परिसरमै जताततै सुर्तीजन्य वस्तुका ठुटा र खोल देखिएको बताए । ‘सुरुमा बारको कार्यालय र सर्वोच्च अदालत परिसरमै सुर्तीजन्य वस्तु प्रयोगमा बन्देज लगाउनुपर्छ,’ उनले भने । यो समाचार कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। समाचार प्रशान्त मालीले लेखेका हुन्।

सर्वोच्चले २०६३ मा सार्वजनिक स्थलमा धूमपान निषेध गर्ने फैसला गर्‍यो । जनहित संरक्षण मञ्चले दायर गरेको रिटमा भएको फैसलाअनुसार घरभित्र वा बाहिरका सार्वजनिक सेवा प्रदायक कार्यालय, निकाय, अस्पताल, शैक्षिक प्रतिष्ठान, सार्वजनिक सवारी साधन, बसपार्क, टिकट काउन्टर, मनोरञ्जन स्थल, सार्वजनिक जमघट हुने स्थान र भवनसमेतमा धूमपान निषेध गरिएको थियो । राज्यले कार्यान्वयन गरेन ।

त्यसपछि मञ्चले २०६६ मा बहुराष्ट्रिय सुर्ती कम्पनीको स्वार्थका कारण सुर्तीजन्य पदार्थ नियमन तथा निषेध ऐन २०६३ लागू नगरिएको र सुर्तीजन्य वस्तुको होर्डिङ बोर्ड, पसलहरूमा पर्चा, पोस्टर, पम्प्लेट झुन्ड्याई प्रचारप्रसार गरिएको दाबीसहित अदालतको आदेश अवज्ञा भएको भन्दै निवेदन दियो । सर्वोच्चले २०७२ मा निवेदककै पक्षमा फैसला गर्‍यो । त्यसको पनि कार्यान्वयन भएको छैन ।

शिक्षालयहरूको हालत पनि उस्तै छ । राजधानीका अधिकांश सरकारी क्याम्पसहरू सुर्तीजन्य पदार्थ प्रयोग गर्ने ठाउँजस्ता बनेका छन् । त्यसलाई नियन्त्रण गर्ने पहल कतैबाट भएको छैन । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले त्रिभुवन विश्वविद्यालयमा सुर्तीजन्य वस्तुको प्रयोगमा कमी ल्याउन सीसी क्यामरा राखेर निगरानी गर्नुपर्ने बेला आएको बताए ।

Previous Post

सुन्दरी नायिका दिशा पटानीका अहिलेसम्मकै हट तस्विरहरु हेर्नुहोस्, जहाँ उनका संवेदनशिल अंग स्पष्ट देखिन्छन्

Next Post

एकाबिहानै भक्तपुरमा भयो भयानक दुर्घटना, स्कार्पियो रुखमा ठोक्किँदा चार घाइते, १ गम्भिर

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न
शिक्षा

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न

मधेस कास्की समाजको नवदुर्गा पूजा समारोह, मधेसी समुदायलाई सम्मान
समाचार

मधेस कास्की समाजको नवदुर्गा पूजा समारोह, मधेसी समुदायलाई सम्मान

डाँडाकोनाक प्रहरी चौकीमा गुणराज, चाडपर्वमा बिशेष सुरक्षाको प्रतिवद्धता
समाचार

डाँडाकोनाक प्रहरी चौकीमा गुणराज, चाडपर्वमा बिशेष सुरक्षाको प्रतिवद्धता

लेखनाथ खानेपानीका अध्यक्ष शर्मालाई मातृशोक
समाचार

लेखनाथ खानेपानीका अध्यक्ष शर्मालाई मातृशोक

पोखरा २६ को पैते फेदीमा सामुदायिक भवन
समाज

पोखरा २६ को पैते फेदीमा सामुदायिक भवन

Next Post

एकाबिहानै भक्तपुरमा भयो भयानक दुर्घटना, स्कार्पियो रुखमा ठोक्किँदा चार घाइते, १ गम्भिर

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?