• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कर्माचार्य समाजले गर्यो मृगौला पिडितलाई सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
February 16, 2025
in समाचार, समाज
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ३ फागुन । कर्माचार्य समाज कास्कीले आफनो चौथो स्थापना दिवस तथा दोस्रो अधिवेशनको अवसर पारेर मृगौला पिडित पोखरा –२५ हेम्जाकी सोविता परियारलाई एक लाख सहयोग गरेको छ ।

समाजका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको परिवारका तर्फबाट स्वर्गीय लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतीमा स्थापना गरिएको मृगौला पिडित सहयोगबाट विगत तीन वर्ष देखि दुवै मृगौला फेल भई गण्डकी मेडिकल कलेजमा डायोलोसिस गराई रहेकी सोविता परियारलाई हस्तान्त्रण गरिएको हो ।

समाजको तर्फबाट दोस्रो पटक प्रदान गरिएको सहयोगका लागि २२ जनाको आवेदन परेकोमा आर्थीक रुपले कमजोर,एक छोराकी आमा र श्रीमानको समेत साथ नपाएर जटिल अवस्थामा माईतमा वस्दै आएकी सोवितालाई उत्त रकम प्रदान गरिएको हो । यस पुर्व गत वर्ष पोखरा –१४ की लक्ष्मी विश्वकर्माले उत्त सहयोग प्राप्त गरेकी थिईन ।

यसैविच कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले गरिवी र अशिक्षाका कारण विरामी हुनेको दर बृद्धि भईरहेकाले यसलाई कसरी कम गर्न सकिन्छ भन्ने वारेमा सोच्नु पर्ने आवस्यकता औल्याउदै कोही पनि विरामी आर्थीक कै अभावमा अकालमा ज्यान गुमाउन नपरोप भन्नका खातिर प्रदेश सरकारले विशेष गरि आयुर्वेद चिकित्सा र प्राकृतिक चिकित्सालाई प्रथामिकतामा राखेको वताएका थिए ।

कार्यक्रममा भिरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले रोग लाग्नु पर्व नै रोग लाग्नबाट कसरी वच्न सकिन्छ भन्ने वारेमा समाजमा सचेतना गराउनु पर्ने आवस्यकता औल्याएका थिए भने कर्माचार्य समाजका केन्द्रिय अध्यक्ष चन्देश्वर कर्माचार्यले जन्मदैमा कोही कसैले पनि रोग लिएर आएको हुदैन त्यो त हाम्रो आहार विगार र जिवन सैलीका कारण रोग उत्पन्न हुने भएकाले रोग लाग्नबाट कसरी बच्न सकिन्छ भन्ने वारेमा वेलैमा सोच्नु पर्ने सुझाव राखेका थिए ।

समाजका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी,नेवाःखल कास्कीका उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ,मृगौला रोग विशेषज्ञ डा.क्लारा पौडेल,परिवारको तर्फबाट माईकल कर्माचार्य,मृगौला पीडित छनोट समितिको तर्फबाट कल्याण कर्माचार्य,कर्माचार्य महिला समाजकी संयोजक रेखा कर्माचार्य र समाजका सचिव ईश्वर प्रसाद कर्माचार्य लगाएतले आ आफनो भनाई राखेका थिए ।

यसैविच कर्माचार्य समाज कास्कीको दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि पुन चन्द्रकृष्ण कर्माचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा ईश्वरप्रसाद कर्माचार्य र रेखा कर्माचार्य,सचिवमा कल्याण कर्माचार्य,कोषाध्यक्षमा विश्वप्रसाद कर्माचार्य र सह सचिवमा रमेश कुमार कर्माचार्यलाई चयन गरिएको छ भने समितिको सदस्यहरुमा शुशिला कर्माचार्य,केदार कर्माचार्य,सुनिल कर्माचार्य,निकेश प्रसाद कर्माचार्य,अम्वु कर्माचार्य,मानिका कर्माचार्य,सुसन कर्माचार्य र बसन्त कर्माचार्य रहेका छन् ।

यसैगरि सोही भेलाले डा.बालगोपाल कर्माचार्य,गोविन्द प्रसाद कर्माचार्य,हरी प्रसाद कर्माचार्य,निर्मल प्रसाद कर्माचार्य,प्रेमप्रसाद कर्माचार्य,भरत कुमार कर्माचार्य र शीवप्रसाद कर्माचार्यलाई सल्लाहकारमा चयन गरेको वताईएको छ ।

Previous Post

कक्षा–१२ पास पछि कहाँ पढ्ने ? वहिरा विद्यार्थी

Next Post

लेखनाथमा बृहत शैक्षिक प्रदर्शनी प्रतियोगिता सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथमा बृहत शैक्षिक प्रदर्शनी प्रतियोगिता सम्पन्न

लेखनाथमा बृहत शैक्षिक प्रदर्शनी प्रतियोगिता सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?