लेखनाथ, १० फागुन । लेखनाथ सामुदायीक सेवा केन्द्रद्धारा विद्यार्थीहरुका लगि कानुनी सचेतना प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ । लैंगिक एवं घरेलु हिंसाका विषयमा कानुनले गरेका सजायको व्यवस्थाका विषयमा जानकारी गराउने उद्धेश्यले पोखरा–३० खुदी स्थित त्रिभुवन शान्ति माविमा कार्यक्रमको आयोजना गरिएको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा र ईलाका प्रहरी कार्यालय डाँडाकोनाकको संयुक्त आयोजनामा विद्यालयका कक्षा ११ र १२ का १६० भन्दा वढि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष दुर्गा सुवेदीले लैङ्गिक तथा घरेलु हिंसा लगायतका कुप्रथालाई न्युनिकरण गर्नका लागि कानुनी सचेतना कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले लैंगिक हिंसा तथा घरेलु हिंसा सम्बन्धमा नयाँ मुलुकी ऐनमा भएका व्यवस्थाहरुको विषयमा जानकारी गराएका थिए ।
संस्थाकी अध्यक्ष गंगा कुमारी खनालले विद्यार्थिहरुले शिक्षण सिकाईमा आधुनिक प्रबिधिको सदुपयोग गर्नुपर्ने र यसका नकारात्मक पक्षहरुको विषयमा सजक र सचेत हुनुपर्नेमा जोड दिएकी थिईन ।
उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिकी सदस्य बिष्णु माया पौडेल, शिक्षक अभिभावक संघका सदस्य प्रदिप ओझा, विद्यालयकी प्राचार्य सोमत कुमारी लामिछाने लगायतले आ–आफनो धारणा राखेका थिए ।
विद्यालय व्यवस्थपन समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सेवा केन्द्रका सहसचिव कृष्ण रिजालले गरेका थिए ।
Discussion about this post