लेखनाथ, ७ फागुन । “समग्र विकासका लागी गुणस्तरीय शिक्षा, शान्त शैक्षिक वातावरण युनिप्सको सदिक्षा” भन्ने नारासहित स्थापित युनिप्सको १४औं स्थापना दिवस बुधबार मनाईएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास निर्देशानलय गण्डकी प्रदेशका प्रमुख घनश्याम पौडेलले नेपालका शिक्षित जनशक्ति विदेशीने क्रम वढ्दै गईरहेकोमा चिन्ता व्यक्त गर्दै यसतर्फ सबैं शैक्षिक संस्थाहरुले सोच्नुपर्ने वताएका थिए । उनले स्वदेशमै व्यवहारिक र प्राविधिक शिक्षा प्रदान गर्न सकेको खण्डमा विदेशन पलायनलाई रोक्न सकिने विश्वास व्यक्त गरेका थिए । पौडेलले शैक्षिक संगठनहरुको संख्या धेरै भएको वताउँदै एउटै लक्ष्य र उद्धेश्य बोकेका संगठनहरु विच एकिकरण गरेर एउटै छातामा गोलबन्द गर्न सकै अझै राम्रो हुने सुझाव व्यक्त गरेका थिए ।
यस्तै प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले आफ्ना हक अधिकारको लागी संगठीत भएर अगाडी वढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष धु्रव गिरी, निवर्तमान अध्यक्ष सन्त बहादुर गुरुङ, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, पुस्तक व्यवसायी संघ कास्कीका पुर्वअध्यक्ष ऋषिराम भण्डारी, परिक्षा संयोजक कुमार रेग्मी, शिक्षक कर्मचारीको तर्फबाट शिवहरी सुवेदी लगायतले बोेलेका थिए ।
उक्त अवसरमा संस्थाका विद्यालयहरुभित्र ५ वर्ष र १० वर्ष निरन्तर सेवारत शिक्षिका, शिक्षक एवं कर्मचारीहरु, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यालयहरु, गर्त वर्षकोे एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यमलयका छात्र छात्राहरु र विषयगत रुपमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयहरुलाई सम्ममान एवं पुरस्कृत गरिएको थियो ।
संस्थाका अध्यक्ष विश्वराज खनालको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष विनोद कुमार नेपालीले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव एवं शिलशिला बोर्डिङ स्कुलका प्राचार्य रोशन कोईरालाले गरेका थिए ।
Discussion about this post