लेखनाथ, १० फागुन । राष्ट्रिय स्वतन्त्र पाटीको केन्द्रिय कार्यक्रम अन्तरगत शनिवार कास्कीको पोखरा महानगरपालिका वडा २७ मा घरदैलो सहितको संगठन निर्माणको चौथो अभियान सुरु भएको छ ।
केन्द्रिय विभाग, प्रदेश विभाग, निर्बाचन क्षेत्र बिभाग, कास्की जिल्ला समिति र महानगर पालिकाका पदाधिकारी सहितको टोलीली पाटीले अगाडी सारेका एजेण्डा र पाटी सभापति रवि लामिछानेका विरुद्ध लगाईका प्रतिसोद पुर्णको ब्यवहारका बारेमा तल्लो तहसम्म पुर्र्याउने उदेश्यले पोखरा महानगरपालिका वडा नं २७ का विभिन्न ठाउमा घरदैलो अभियान संचालन गरिएको हो ।
यसैविच राष्ट्रिय स्वतन्त्र पाटी पोखरा २७ शनिवारै भएको प्रथम अधिवेशनले आगामी कार्यकालका लागि सुनिल वराललाई सभापतिमा चयन गरेको छ । सर्वसम्वत रुपमा चयन भएको समितिको उप सभापतिमा ध्रुवराज पौडेल, सचिवमा रमेश तामाङ र सदस्यहरुमा रामप्रसाद अधिकारी, संदिप प्रसाद पौडेल, दुर्गा शर्मा सिग्देल, सुजता रानाभाट र धन बहादुर घर्ती रहेका छन् ।
सोही कार्यक्रमको उद्घाटन गर्दै संघिय सासंद शिव नेपालीले ब्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको वर्तमान अवस्थालाई कसरी सुधार गर्न सकिन्छ र देशमा ब्याप्त भष्ट्रचार राष्ट्रिय समस्या भएकाले यसका लागि आम नेपालीहरुले म र मेरो नभनी हामी र हाम्रो देश नेपाल भन्ने भावनाले अगाडी वढ्नु पर्ने अवस्थाका वारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सार्वजानीक मामीला विभागका केन्द्रिय सदस्य उत्तम प्रसाद पौडेल, कास्की जिल्ला उप सभापति राजु राई, निर्वाचन क्षेत्रीय समितिका श्याम अधिकारी, पोखरा महानगर सभापति नारायण आचार्य, उप सभापति संगिता गौतम, निर्वाचन क्षेत्र नं १ कास्कीका संयोजक श्रवण राज जमरकटेल र सचिव लक्ष्मण कार्की लगाएतले सहिलाई सहि र गल्तीलाई गलत भन्ने सक्ने सोच आम नेपालीमा सिर्जीत भएकोले सवै न्याय प्रेमी जनताहरु मिसन २०८४ को पर्खाई रहेको वताएका थिए ।
Discussion about this post