• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

पाएन अलैँचीले भाउँ, थन्कियो गोदाममै ! अब कहिले पाउँला त अलैँचीले भाउँ ?

Lekhnath Khabar by Lekhnath Khabar
October 27, 2018
in कृषी, मुख्य समाचार
0
18
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । अलैँचीको मुल्य नपाएपछि धनकुटाका कृषकले घरमै अलैँची थन्क्याउन बाध्य भएका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ३, डाँडागाउँका विनोद थापाले पनि दुई वर्ष अघिदेखि पाँच मनभन्दा बढी अलैंची गोदाममै थन्काएका छन् । उनले अघिल्लो वर्ष पनि अलैँचीले राम्रो भाउँ नपाएपछि घरमै थन्काएका थिए ।

केही वर्षयता किसानले अलैंची गोदाममै थन्काएर राख्न बाध्य भएका छन् । तीन वर्ष अघिसम्म अलैंचीको भाउ प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म पुगेको थियो । तर अहिले बर्सेनी घट्दै आएको छ ।

अहिले अलैंचीको भाउ प्रतिमन ३० हजार रुपैयाँ पुगेको छ । भाउ बढ्ने आशले किसानले अलैंची बिक्री नगरी घर–घरमै गोदाम बनाई थन्काएर राखेको महालक्ष्मी–३ का वडाध्यक्ष भरत थापाले बताउँछन् ।

संखुवासभासँग सीमा जोडिएको डाँडागाउँका प्राय सबै घरले अलैँची लगाएका छन् । चार सय ५० घरधुरी रहेको यस वडामा ८० प्रतिशत अर्थात तीन सय ५० भन्दा बढी घरधुरीले अलैँचीको व्यावसायिक खेती गरेका छन् । यहाँका किसानको अलैंची खेती प्रमुख आम्दानीको स्रोत अर्थात नगदेबाली हो । हरेक घरधुरीले कम्तीमा पनि १५ देखि २० रोपनी क्षेत्रफलमा अलैंची लगाएका छन् ।

विगतका वर्षमा राम्रो भाउ पाउँदा किसानले हौसिएर अलैँची खेती गर्न थालेका थिए । तर अहिले उत्पादन दिने बेलामा उचित भाउ नपाउँदा किसान निरास छन् ।

अन्य स्थानमा खोलाखोल्सीमा अलैंचीको खेती गरिएको भए पनि यस डाँडागाउँमा भने अन्नबाली फल्ने ठाउँमा अलैंची खेती गरेका छन् । अधिकांश घरधुरीले अलैंची गोदाममै थन्काएर राखेका छन् ।

कतिपय किसानले दैनिक जीवनयापनमा समस्या पर्दा मात्रै अलैंची बेचेका छन् । राम्रो भाउ पाउने आशले फलेका अलैंची किसानको गोदाममा थन्किएका छन् । गोदाममा केही वर्षसम्म राख्दा पनि अलैंची नबिग्रिने भएकाले किसानले भाउ पर्खिन बाध्य भएका छन् ।

जिल्लामै अलैंची उत्पादनको हिसाबले अग्रपंत्तिमा आउने डाँडागाउँका अलैँची किसानलाई वडा कार्यालयसँगको समन्वयमा अलैंची खेतीसम्बन्धी तालिम प्रदान गरेको कृषि प्राविधिक शेखर चापागाईंले बताउँछन् ।

Previous Post

पोखरा प्रिमियर लिग : सोमपाल चम्किँदा पारस निरास

Next Post

जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने
कृषी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने

सिलिङ्गे सहकारीद्धारा फलफुलका विरुवा वितरण
कृषी

सिलिङ्गे सहकारीद्धारा फलफुलका विरुवा वितरण

मैदी ताल किनारामा धान दिवस
कृषी

मैदी ताल किनारामा धान दिवस

गोलभेंडामा टुटा किराको विगविगी
कृषी

गोलभेंडामा टुटा किराको विगविगी

चैतेधान रोप्ने किसानलाई पोखरा २७ को सहयोग
कृषी

चैतेधान रोप्ने किसानलाई पोखरा २७ को सहयोग

Next Post

जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?