• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मुख्य समाचार

प्रदेश १ को राजधानी र नाम सहमतीमा तोकिने ः मन्त्री कार्की

Lekhnath Khabar by Lekhnath Khabar
November 1, 2018
in मुख्य समाचार
0
मन्तव्य दिदै मन्त्री कार्की

मन्तव्य दिदै मन्त्री कार्की

4
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश १ को राजधानी र नामाकरण सहमतीमा चाडै तोकिने बताए । सो अवसरमा मन्त्री कार्कीले राजधानीका लागि धनकुटा, धरान, इटहरी र विराटनगर चार शहर चर्चामा रहेको उल्लेख गर्दै यिमध्ये एक हुने जानकारी दिए ।

यस्तै प्रदेशको नामाकरणका विषयमा कोशी, सगरमाथा, किराँत, लिम्बुवान, विराट चर्चामा रहेको उल्लेख गर्दै मन्त्री कार्कीले ऐतिहासिकता, भूगोल, पहिचान र सर्वस्वीकार्य राख्नुपर्नेमा जोड दिए । उनले सहमतिमा छोटो नाम राख्ने पक्षमा रहेको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेका कामको उद्घाटन तथा निरीक्षणको लागि धनकुटा आएका मन्त्री कार्कीले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

सो अवसरमा मन्त्री कार्कीले राजधानी धनकुटा राजधानी भएपनि, नभएपनि विकासमा कुनै कमी नहुने आश्वासन दिए । मन्त्री कार्कीले धनकुटा राजधानीका लागि उपयुक्त ठाउँमध्ये एक रहेको बताए । उनले धनकुटा अस्पताललाई तत्काल सय बेडको अस्पताल बनाई पछि ५ सय बेडको र त्यसलाई नै पछि शिक्षण अस्पताल बनाउने प्रदेश सरकारको योजना रहेको जानकारी दिए । यस्तै मन्त्री कार्कीले धनकुटालाई स्वास्थ्य, शिक्षा र पर्यटन केन्द्रका रुपमा विकास गर्न प्रदेश सरकार लागि परेको जानकारी दिए । उनले उत्तरपानीस्थित प्राविधिक शिक्षालय र धनकुटा बहुमुखी क्याम्पसलाई स्तरबृद्धि गर्ने योजना रहेको बताए ।

मन्त्री कार्कीले धनकुटेली जनताको चाहनाअनुसार थप निर्देशनालयहरु, यातायातको कार्यालयलगायतका कार्यालयहरु राखिने आश्वासन दिए । उनले बेलहारा विमानस्थल निर्माणमा पनि प्रदेश सरकार सकारात्मक रहेको बताए ।

मन्त्री कार्कीले आगामी फागुनमा धनकुटाका ४ गाउँपालिकालाई एमबुलेन्स प्रदान गरिने आश्वासन दिए । यस्तै प्रहरी चौकी भवन निर्माणका लागि २ करोड विनियोजन गरेको जानकारी दिए ।

अर्को प्रसंगमा मन्त्री कार्कीले प्रदेश सरकारले चाडै पूर्णता पाउने जानकारी दिए । उनले प्रदेश सरकार महिला, क्षेत्रीयता, जातीयता मिलाउन ११ सदस्यीय बनाउँदा उचित हुने बताए ।

प्रेस चौतारीका अध्यक्ष तथा पत्रकार महासंघ प्रदेश सदस्य सन्तोष रुचालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेका प्रश्नका उत्तर मन्त्री कार्कीले दिएका थिए । सो अवसरमा प्रदेशसभाका सदस्यहरु निरन राई, इन्द्रमणी पराजुली, कुसुम श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Previous Post

प्रधानमन्त्री ओलीको सुन्निन थाल्यो शरीर, यस्तो आयो स्वास्थ्य रिपोर्ट

Next Post

धनकुटामा संचालित शल्यक्रिया स्वास्थ्य शिविर सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
मुख्य समाचार

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने
मुख्य समाचार

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

पोखरा-२७ मा गठवन्धन नगर्ने कांग्रेसको निर्णय
मुख्य समाचार

पोखरा-२७ मा गठवन्धन नगर्ने कांग्रेसको निर्णय

स्थगित लेखनाथ महोत्सव फागुन २६ बाट चैत्र ७ सम्म हुने
अर्थ खबर

स्थगित लेखनाथ महोत्सव फागुन २६ बाट चैत्र ७ सम्म हुने

आज तमु ल्होसार मनाइँदै
मुख्य समाचार

आज तमु ल्होसार मनाइँदै

Next Post

धनकुटामा संचालित शल्यक्रिया स्वास्थ्य शिविर सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?