पोखरा । नेपाली कांग्रेस, पोखरा महानगररपालिका वडा नं. २७ वडा कार्यसमितिले आशन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पार्टीसंग गठवन्धन नगर्ने नगर्ने निर्णय गरेको छ ।
पार्टी सभापति नारायणमणि लामिछानेले पार्टीको महानगर समितिको ध्यानाकर्षण गराउँदै वडा नं. २७ मा कांग्रेस एक्लैको जित सुनिश्चित भएको स्पष्ट पारेका छन् ।
अन्य पार्टीसंग गठवन्धन गर्दा निर्वाचन हार्नसक्नेतर्फ संकेत गर्दै सभापति आचार्यले पोखरा-२७ मा गठवन्धन नगरिदिन आग्रह गरेका छन् ।
पार्टी उपसभापति विश्वराज पौडेलले पोखरा-२७ मा कांग्रेसले प्यानल नै विजयी हासिल गर्ने स्पष्ट पारे ।
गठवन्धन गरिएमा लोकतन्त्रप्रेमी वडावासीको मन कुँडिने र कांग्रेस पार्टी नै पराजित बन्नसक्ने दावी गरे ।
गठवन्धन नगर्ने निर्णयबारेको जानकारी पार्टीको गण्डकी प्रदेश समिति, जिल्ला कार्यसमिति, क्षेत्रीय समिति र प्रदेश समितिलाई गराइएको छ ।
Discussion about this post