• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथमा ट्होटे पर्व मनाइयो

Ramsharan Nepali by Ramsharan Nepali
April 13, 2022
in समाचार, स्थानीय
0
0
SHARES
138
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली, लेखनाथ, चैत २९ ।
लेखनाथमा रहेका गुरुङ समुदायले मंगलबार आफ्नो मौलिक पर्व ट्होटे मनाएका छन । परापूर्व कालदेखि समाजमा रहेको भुत प्रेतलाइ धपाउनका लागी गुरुङ समुदायहरुले मनाउदै आएको यो पर्वलाई लेखनाथमा रहेका २६ वटा गुरुङ समुदायहरुको साझा संस्था ङ्योए तमु धिं लेखनाथको नेतृत्वमा मनाईएको हो ।

कार्यक्रमको उदेघाटन गर्दै गण्डकी प्रदेशका सांसद मन बहादुर गुरुङ्गले आफ्नो भाष, धर्म, संस्कृति र पहिचाज जोगाउने कार्यमा लागेकोमा आभार व्यक्त गर्दै संस्थाको हितको लागी सदैव हातेमालो गर्न तयार रहेको र सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पुर्ण कुमार गुरुङ्ग, वडा नं. २६ का अध्यक्ष नारायणप्रसाद बराल, आदिवासी जनजाती महासंघ पोखरा महानगरका अध्यक्ष एवं संस्थाका वरिष्ठ सल्लाहकार जंग बहादुर गुरुङ्ग, क्षेत्रीय तमु सामजको तर्फबाट क्याप्टेन बुद्धि बहादुर गुरुङ्ग, महिलाहरुको तर्फबाट बुद्धि कुमारी गुरुङ लगायतले बोलेका थिए ।

लेखनाथका विभिन्न ठाउँबाट निस्कको र्याली पोखरा–२९ भण्डारढीक रंगशालामामा जम्मा भई तमु धि. लेखनाथको सभाहलमा आएर सभामा परिणत भएको थियो । झाँकी र्यालीमध्ये शान्तीरुपा बराहथोक तमु समाज पोखरा–३२ प्रथम, सक्नेरी बुद्ध आमा समुह पोखरा–२६ द्धित्तीय, नवज्योती जनजागरण आमा समुह पोखरा–२९ तृतीय र रुपाताल तमु समाज पोखरा–३२ सान्त्वना हुन सफल भएका छन ।

संस्थाका अध्यक्ष मेजर राम प्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव काशीमाया गुरुङ्ग र धन्यवाद ज्ञापन उपाध्यक्ष चिन बहादुर गुरुङ्गले गरेका थिए ।

ट्होटे पर्वमा गुरुङ समुदायका मानिसहरुले विभिन्न हातहतियार, वाजाहरु डम्फा, झ्याली, चोपडी, सुलाची, चिम्टा लगायतका सामाग्रीहरु प्रदर्शन गरी झाँकी निकाली धुप वालेर समाजमा रहेको भुतलाइ धपाउने गर्दछन । यो पर्व वर्षको २ पटक मनाइने गरिन्छ ।

चैत्र महिनाको अन्तिम मंगलबार र साउन महिनाको अन्तिम मंगलबार उधौली र उभौलीको रुपमा यो पर्वलाइ मनाउने गरिन्छ । गुरुङ समुदायका मानिसहरुले चैत्र महिनामा मनाउने ट्होटेलाइ उभौली र साउनमा मनाउनेलाइ उधौली पर्वको रुपमा मनाउने गर्दछन । जस अनुरुप चैत्र महिनाको अन्तिम मंगलबार लेखनाथमा गुरुङ समुदायले ट्होटे पर्व मनाएको ङयोए तमु धिं लेखनाथका अध्यक्ष मेजर राम प्रसाद गुरुङले वताए । परापूर्व कालमा गाउमा खेतीपाती राम्रो होस, वैरी सत्रु नाश होस भन्ने कामना सहित गाउमा ट्होटे मनाउने गरिएतापनि अहिले आफ्नो मौलिक भेषभुषा, भाषा संस्कृतीको संरक्षणका लागी ट्होटे पर्व मनाउदै आएको वताए ।

परापूर्व कालमा ग्रामीण भेगमा भुत प्रेत भगाइ बैरी शत्रु नलागोस र खेतीपाती राम्रो होस भनेर मनाइने यो पर्व लेखनाथमा भने भिन्न तरिकाले मनाइदै आएको ङ्योए तमु धिं लेखनाथका उपाध्यक्ष चिन बहादुर गुरुङ्गले वताए । पछिल्लो समय तमु जाति मात्र नभइ आदिवासी जनजातिमा समावेश अन्य जातिको मौलिक हक अधिकार सुनिश्चितताका लागी खवरदारी स्वरुप यो पर्व मनाइदै आएको उनको भनाइ छ ।

ट्होटेमा अघिल्लो वर्षहरु देखि गुरुङ मात्र नभइ आदिवासी जनजातिहरु मगर, किरात, तामाङ, लिम्बु लगायतका समुदायहरु पनि यो पर्वमा सहभागी हुदै आएका छन । यो पर्वले गुरुङ मात्र नभइ अन्य जनजातिहरुलाई पनि गुरुङ जातिको मौलिक पर्वको बारेमा पाठ सिकाउने काम गरेको आदिवासी जनजाती महासंघ पोखरा महानगरका अध्यक्ष जंग बहादुर गुरुङ्गले वताए ।

Previous Post

अस्ताए “बिकासे बा”

Next Post

पोखरा-२७ मा गठवन्धन नगर्ने कांग्रेसको निर्णय

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
पोखरा-२७ मा गठवन्धन नगर्ने कांग्रेसको निर्णय

पोखरा-२७ मा गठवन्धन नगर्ने कांग्रेसको निर्णय

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?