लेखनाथ, चैत २९ ।
साविक लेखनाथ नगरपालिका पुर्व जनप्रतिनिधी भएर “बिकासे बा” को उपनामले चिनिने पोखरा महानगरपालिका वडा नं–३० का हर्क बहादुर श्रेष्ठको ७६ वर्षको उमेरमा निधन भएको छ ।
वि स २०५४ सालमा साविक लेखनाथ नगरपालिका वडा नं ८ का वडा अध्यक्ष भएर स्थानिय स्तरको विकास निर्माणमा सक्रियताका साथ लागि पर्ने श्रेष्ठको सोमवार उपचारको क्रममा भक्तपुरको क्यान्सर हस्पिटलमा मृत्यु भएको हो ।
वि. स. २००२ सालमा जन्मीएका श्रेष्ठले आफनो ठाउको विकास गर्नु पर्छ भन्ने भावनाले साँझ विहान विकास निर्माणकै क्षेत्रमा तल्लीन हुदै वाटो, पुल, विद्यालय, कुलो, हस्पिटल देखि सामाजिक कार्यमा दत्तचित्त भएर अगाडी वढ्ने स्वभावले उनलाई सवैले “बिकासे बा” भनेर भन्ने गर्दथे ।
नेकपा एमालेका संगठीत सदस्य हुदै बामपन्थी आन्दोलनमा सक्रियताका साथ लागी पर्ने श्रेष्ठको मंगलवार आफनै निवास शिसुवाबाट सव यात्रा निकाली सेती नदीको मदौरे घाँटमा अन्त्येष्टी गरिएको हो ।
शव यात्रामा विभिन्न राजनितीक दलका प्रतिनिधी तथा सुभेच्छुकहरुको वाक्लो उपस्थीति रहेको थियो । श्रेष्ठको पार्थीव शरिरमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य टिकाराम पंगेनीले पाटीको झण्डा ओढाएर अन्तिम विदाई गरेका थिए ।
स्वर्गीय श्रेष्ठका श्रीमती टिका श्रेष्ठ,दुई छोरा प्रेम कुमार श्रेष्ठ र विष्णु कुमार श्रेष्ठ रहेका छन् ।
Discussion about this post