• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home स्थानीय

धनकुटामा संचालित शल्यक्रिया स्वास्थ्य शिविर सम्पन्न

शिविरबाट १७ सय ४४ जना विरामी लाभान्वित

Lekhnath Khabar by Lekhnath Khabar
November 4, 2018
in स्थानीय
0
10
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा १९कार्तिक । धनकुटा अस्पतालमा सञ्चालन भएको बेहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरबाट एक हजार सात सय ४४ जना विरामी लाभान्वित भएको पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । पँहुच नहुनेका लागि पहुँच भन्ने नाराका साथ गत कार्तिक ५ देखि १७ गतेसम्म शल्यक्रिया स्वास्थ्य शिविर सञ्चालन भएको थियो । सो शिविरमा मेजर, माइनर र पायल्सको शल्यक्रिया गरिएको थियो । यस्तै दाँतसम्बन्धि उपचार पनि गरिएको शिविर सञ्चालन मुलसमितिको संयोजक रोशेष श्रेष्ठले जानकारी दिए ।

सो शिविर अलोहा हवाइ मेडिकल मिसन अमेरिकाको सहयोगमा सञ्चालन भएको शिविरमा मेजर शल्यक्रियातर्फ मुत्रनली तथा पित्तथैलीका पत्थरिया ३१ जना, गाइनोतर्फ पाठेघरको २८ जना, हर्नियाको २२ जना, ठूला गाँठागुठीका २९ जना, हाइड्रोशील १८, फिस्टुलालगायत अन्य ५ गरी कुल १ सय २३ जना विरामीहरुको मेजर शल्यक्रिया भएको संचालन तथा व्यवस्थापन समितिका सचिव विजयसन्तोषी राईले जानकारी दिए ।

त्यस्तै माइनर शल्यक्रियातर्फ साना साना गाँठागुँठीको १ सय ३४ विरामीको शल्यक्रिया गरिएको थियो । यस्तै पायल्सको ८३ जनाको शल्यक्रिया गरिएको, ५ जना हात नभएकाहरुलाई कृत्रिम हात जडान गरिएको शिविर प्रचार प्रसार समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । यस्तै दाँतका ८ सय ३८ जनाको उपचार भएको आयोजक समितिका सदस्य पुरेन्द्रलाल श्रेष्ठले बताए ।

सो शिविरमा प्रदेश नं. १ का १४ जिल्ला सहित अन्य प्रदेशका गरी २० भन्दा बढी जिल्लाका विरामीहरु उपचारका लागि आएको थिए । शिविरमा अमेरिकी तथा नेपाली अनुभवी तथा विशेषज्ञ चिकित्सकहरु सहित पाँच दर्जन भन्दा बढी चिकित्सकहरुको टोली उपचारमा संलग्न रहेको शिविर व्यवस्थापन तथा संचालन समितिका सदस्य सावित्रा राईले बताईन।

शिविर प्रचार प्रसार समितिका संयोजक राजेश्वरवहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको पत्रकार सम्मेलनमा धनकुटा अस्पतालका प्रमुख डाक्टर अमिताप ठाकुरले शल्यक्रिया संचालनको वारेमा पत्रकारहरुलाई जानकारी दिएक थिए ।

शिविर संचालन गर्न धनकुटाका सवै स्थानीय तह र विभिन्न संघसंस्था तथा कावेली विकास बैक लगायत वित्तीय संस्थाहरुबाट आर्थिक सहयोग हुने आर्थिक समितिका संयोजक दोर्ण गुरागाईले बताए । गुरागाईका अनुसार स्थानीय तह तर्फ धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकाबाट रकम जम्मा भैसकेको छ । चाडपर्वको विदाले गर्दा अन्य स्थानीय तहहरुबाट जम्मा हुन बाँकी रहेको बताए ।
शिविर सफलतापूर्वक सम्पन्न गर्न जिल्ला समन्वय समिति, नेपाल, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहकाहरु, नेपाली सेनाको बरख गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म, सल्भ, धनकुटा अस्पताल तथा अस्पताल विकास समिति सञ्चारकर्मीलगायत सब संघ संस्था तथा निकायहरुको महत्वपूर्ण सहयोग पुगेको सचिव विजय सन्तोषी राईले बताए । राईका अनुसार सन् २०१० देखि प्रत्येक २ वर्षमा शिविर सञ्चालन हुदै आएको बताए । उनले यो पटकसमेत गरेर ५ पटक शिविर सञ्चालन भएको बताए । अब आगामी शिविर सन् २०२० मा सञ्चालन गरिने जानकारी दिए ।

Previous Post

प्रदेश १ को राजधानी र नाम सहमतीमा तोकिने ः मन्त्री कार्की

Next Post

पाख्रिवासबाट गएको टोलीले गाँजा फडानी गरे

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

पाख्रिवासबाट गएको टोलीले गाँजा फडानी गरे

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?