• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तरर्वार्ता

राजधानी एकै ठाउँमा रहँदैन ः मुख्यमन्त्री राई

Lekhnath Khabar by Lekhnath Khabar
September 28, 2018
in अन्तरर्वार्ता, मुख्य समाचार, विशेष
0
12
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । प्रदेश १ को राजधानी एकै ठाउँमा रहदैन । सो कुरा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धनकुटामा शिक्षा विकास निर्देशनालय तथा स्वास्थ्य निर्देशनालयको उद्घाटनको अवसरमा बताएका हुन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत दुईवटा स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालय धनकुटामा स्थापना गरिएका छन् ।

सो अवसरमा मुख्यमन्त्री राईले संघीयताको मर्म र भावनाको बमोजिम प्रदेशको मन्त्रालय, प्रदेशसभा, कार्यपालिकाहरू फरकफरक जिल्लामा राखिने बताए । मुख्यमन्त्री राईले भने, ‘कुन मन्त्रालय, विभाग कुन क्षेत्रका जनतालाई बढी पायक पर्छ, सोहिअनुसार फरकफरक जिल्लामा राखिने जानकारी दिए । उनले सोहि व्यवस्थाअनुसार धनकुटामा शिक्षा र स्वास्थ्यको निर्देशानालय खोलिएको जानकारी दिए ।’

उनले धनकुटामा पहिलेदेखि नै शिक्षा र स्वास्थ्यको क्षेत्रीय निर्देशनालय भएकाले यहाँ निर्देशनालय राख्न निर्णयमा पुग्न २ मिनेट पनि समय नलागेको बताए । उनले ‘प्रदेश १ का सबै जिल्लाहरुमा प्रदेश कार्यालयहरु राख्ने प्रदेश सरकारको तयारी रहेको जानकारी दिए । ‘दशैंअगाडि नै प्रदेशका सबै कार्यालयहरू खुल्ने बताउँदै उनले भने, ‘त्यसको तयारीमा प्रदेश सरकार लागि परेको छ ।’ सो अवसरमा मुख्यमन्त्री राईले ‘धनकुटालाई प्रदेश सरकारले शिक्षा र स्वास्थ्य निर्देशनालयमा टार्ननभई यो त सुरुवात मात्रै भएको बताए ।’ उनले यहाँ रहेका सरकारी भवनहरुको अवस्थाहरुको अध्ययन गरेर थप कार्यालयहर थप्दै जाने आश्वासन दिए ।

अर्को प्रसंगमा मुख्यमन्त्री राईले भने – सबैको सहमतिमा सबैलाइृ चित्त बुझ्ने गरी प्रदेशको नाम टुंग्याउने जानकारी दिए । उनले यसका लागि व्यापक रुपमा छलफलमा भैरहेको बताए । प्रदेशको नाम पहिचान र प्राकृतिक कुन तरिकाले राख्ने भन्नेमा विवाद देखिएपनि त्यस्तो विवाद नरहेको केही दिनमै टुंगोमा पुग्ने राईले दाबी गरे ।
सो अवसरमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शिक्षा र स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएकाले त्यसतर्फ प्रदेश सरकार गम्भीर भएर लाग्ने बताए ।

प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरू निरन राई, इन्द्रमणि पराजुली र कुशुम कुमारी श्रेष्ठ तथा जिल्ला समन्वय समितिका प्रमुख टंक चुहान र धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले प्रदेश सरकारले दुई वटा निर्देशनालय धनकुटामा स्थापना गरेकामा धन्यवाद दिदै प्रदेशको राजधानी धनकुटा बनाउन मुख्यमन्त्री राईसँग माग गरेका थिए । उनीहरुले पहाडलाई उपेक्षा गरेको भन्दै भौगोलिकता, हावापानी, तराईमा हुने पहाडबाट बसाईसराई नियन्त्रण गर्न, सबैको पहुँच, शान्ति सुरक्षा, सबै क्षेत्रको समानुपातिक विकासका लागि पनिे धनकुटा प्रादेशिक राजधानी हुनु पर्ने माग राखेका थिए । सो अवसरमा उनीहरुले धनकुटामा मेडिकल कलेजलगायतका कार्यालयहरु स्थापनामा जोड दिए ।

Previous Post

कृषि र पर्यटन विकासमा नगरपालिकाको जोड – प्रमुख तामाङ

Next Post

बस्नेतकी श्रीमतिको अनुनय, मेरो श्रीमानलाई ‘ईन्काउन्टर’ गर्न खोजिँदैछ, बचाइदिनुस्

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
मुख्य समाचार

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

‘मेरो रुख म काट्छु’ अज्ञानता कि लापरवाही ?
फिचर

‘मेरो रुख म काट्छु’ अज्ञानता कि लापरवाही ?

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार दीपक परियारलाई
विशेष

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार दीपक परियारलाई

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने
मुख्य समाचार

ग्राहकलाई ढुक्क बनाउँदै वल्र्डलिंक, इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने

पोखरा-२७ मा गठवन्धन नगर्ने कांग्रेसको निर्णय
मुख्य समाचार

पोखरा-२७ मा गठवन्धन नगर्ने कांग्रेसको निर्णय

Next Post

बस्नेतकी श्रीमतिको अनुनय, मेरो श्रीमानलाई ‘ईन्काउन्टर’ गर्न खोजिँदैछ, बचाइदिनुस्

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?