• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home स्थानीय

कृषि र पर्यटन विकासमा नगरपालिकाको जोड – प्रमुख तामाङ

Lekhnath Khabar by Lekhnath Khabar
September 27, 2018
in स्थानीय
0
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । लामो समय हामीले केन्द्रको मुख तायो । अब हामी आफ्नो नगर आफै बनाउन सक्रियतापूर्वक लाग्छौ. । सो कुरा धनकुटा नगरपालिका वडा नं.६ मा निर्मित शिवपार्कका उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताएका हुन् । सो अवसरमा उनले नगरको स्थायी विकास र आर्थिक उन्नतीका लागि कृषि र पर्यटनमा जोड दिएको बताए ।

प्रमुख तामाङले लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रहेकाले जनचाहनाअनुसार विकास निर्माण हुन नसकेको बताए । उनले गणतन्त्र आएपछिको स्थानिय सरकार जनताको आवश्यकता बुझेर कार्य गर्न क्रिाशील रहेको बताए । उनले नगरपालिकाले पर्यटन प्रवद्र्धनको लागी पार्क निर्माणमा प्राथमिकता दिएको बताए । उनले चुलिवनलाई कोशी पहाड कै आकर्षक पार्क बनाउन नगरपालिका लागिपरेको जानकारी दिए । उनले नगरले हुलाकटोलको चुवाको वोटमा ग्रिनपार्क निर्माण भैसकेको बताए ।
अर्को प्रसंगमा धनकुटा नगरलाई एभोकार्डोको राजधानी घोषणा गरेको जानकारी दिदै प्रमुख तामाङले परिचयमोडमा आ.व.०७५÷०७६ को वजेटबाट एभोकार्डोको प्रतिमा निर्माण गर्ने जानकारी दिए ।

सो अवसरमा वडा नं.६ का वडाध्यक्ष नरेश श्रेष्ठले बजारको वीचमा रहेर पनि ओझेलमा परेको मन्दिर परिसर पार्क निर्माण पछि आकर्षक भएको बताए । उनले १ सय ९३ वर्ष पहिले स्थापना भएको शिवको मन्दिरको इतिहासका वारेमा जानकारी दिदै पार्क निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने शिवनाथ श्रेष्ठका परिवार तथा आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिए । उनले पार्क निर्माणमा वडाले १२ लाख वजेट उपलब्ध गराएको जानकारी दिदै आगामी दिनमा पनि सहयोग जारी रहने आश्वासन दिए ।
सो अवसरमा वडा नं.७ का वडाध्यक्ष जङ्गगवहादुर राईले नगरलाई सुन्दर र आकर्षक बनाउन नगरवासी आफै पनि जागरुक हुनुपर्ने बताए । यस्तै सामाजिक संघसंस्थाको तर्फवाट नागरिक समाजका अध्यक्ष द्रोर्णप्रसाद गुरागाईले सबै काम नगरले गरिदिन्छ भनेर भन्दा पनि आफ्नो घरआँगन वरिपरी आफैले पनि हेरचाह गर्नु पर्ने बताए ।

यस्तै जग्गादाताहरुको तर्फबाट जग्गादाताको भाई दिपकगोपाल श्रेष्ठले धनकुटालाई प्रदेशको राजधानी बनाउन प्रयास जारी राख्दै पर्यटनको राजधानी बनाउन सबै आ–आफ्नो क्षेत्रबाट अघि बढ्नु पर्ने बताए । उनले धनकुटा देशको सबैभन्दा सफा नगर घोषणा हुनु गर्वको विषय भएको बताउँदे यसलाई सबै मिलेर वास्तवमै सफा गर्नु पर्ने बताए । सो अवसरमा वौद्धिक विकास समाज समितिका अध्यक्ष सुवासचन्द्र जोशीले नगरको अन्य खाली स्थानहरुमा पनि पार्क तथा फलैचा निर्माण गनुपर्नेमा जोड दिए ।

भिमसेनटोल टोलवस्ती संगठनका अध्यक्ष बिनिता श्रेष्ठको अध्यक्षतमा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य विनिता श्रेष्ठले गरेकि थिईन ।

पार्क निर्माणका लागि वडा नं.६ को वडा कार्यालयबाट १२ लाख र स्थानीयवासीको एक लाख ६९ हजार तीन सय ३३ रुपैयाँ गरी जम्मा १३ लाख ६९ हजार तीन सय ३३ रुपैयाँमा निर्माण भएको पार्क निर्माण समितिको अध्यक्ष यज्ञश्वर श्रेष्ठले जानकारी दिए ।

Previous Post

गाजाँसहित दुई पक्राउ

Next Post

राजधानी एकै ठाउँमा रहँदैन ः मुख्यमन्त्री राई

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

राजधानी एकै ठाउँमा रहँदैन ः मुख्यमन्त्री राई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?