लेखनाथ, १८ माघ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर –२७ मा रहेको राईजिङ्ग स्टार युथ क्लवले माघ २१ गते देखि २४ गते सम्म नवौं वडा स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ ।
सभ्य समाजको निर्माण ,राईजिङ्ग स्टार युथ क्लवको अभियान भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको भलिवल प्रतियोगिताका बारेमा जानकारी दिने उदेस्यले आईतवार राखिएको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष अनिल गुरुङले क्लवले युवालाई खेल तर्फ आर्कषण गर्ने उद्धेस्यले भलिवल प्रतियोगिताको आयोजना गर्न लागेको बताएका हुन् ।
क्लवको बार्षिक कार्यक्रम अन्तरगत यस वर्ष पनि खेलकुदलाई प्रथामिकता दिदै युवाहरुलाई खेलकुदको माध्यमबाट अनुशासनका बारेमा जानकारी दिने उदेस्यले खेलको आयोजना गर्न लागेको बताए । कार्यक्रमा अध्यक्ष गरुङले प्रतियोगितामा करिव १५ टिमको सहभागीता रहने विश्वास ब्यक्त गरेका थिए ।
पोखरा महानगरपालिका वडा नम्वर २७ को भण्डारी टोल स्थीत भलिवलकोडमा संचालन हुने खेलका बिजयी समुहले एक लाख ११ हजार एक सय ११, उप विजेता समुहले ५५हजार पाँच सय ५५ र तृतिय हुने दुई समुहलाई १०/१० हजार प्रदान गरिने छ भने अन्य उत्कृष्ठ खेलाडीलाई विधा अनुसारको पुरस्कार प्रदान गरिने भएको छ ।
चार दिनसम्म चल्ने प्रतियोगितामा करिव आठ लाख खर्च लाग्ने र प्रायोजक ,सह प्रयोजक र सहयोगी संघ सस्थाबाट करिव १० लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ भने खेलबाट बचत भएको रकमलाई खेलकुदको क्षेत्रमा खर्च गरिने क्लवको उदेस्य रहेको छ ।
कार्यक्रममा वोल्दै पोखरा महानगरापालिका वडा नम्वर २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङले खेलकुदको विकासका लागि वडाबाट तीन लाख रकम विनोयोजन भएको बताउदै खेलकुदको क्षेत्रमा लाग्ने खेलाडीले अनुशासनका कुरा सिक्ने भएकाले खेललाई सभाद्र पुर्ण रुपले संचालन गर्नका लागि वडाले सवै प्रकारका सहयोग गर्न तयार रहेको बताएका थिए ।
क्लवका अध्यक्ष अनिल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष विष्णु गुरुङ र प्रविण गुरुङ लगाएतले खेलकुदले शारिरिक र मानसिक स्वच्छता देखि अनुशासनका बारेमा सचेत गराउने धारणा राखेका थिए ।






Discussion about this post