लेखनाथ,०९ माघ । कास्कीको लेखनाथमा शुक्रवार देखि २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । आदर्श युवा क्लवको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म हुने प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ ।
“निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता” भन्ने मुल नारा सहित संचालीत प्रतियोगिताको उद्घाटन गर्दै प्रतियोगिताका मुख्य प्रयोजक फस्ट च्वाईस फुड्स लिमिटेड रुपन्देहिका प्रमुख कृष्ण प्रसाद पौडेलले खेलकुदले भाईचाराको सम्वन्ध विस्तार गर्दै अनुशासनका कुरा सिकाउने उल्लेख गर्दै आफनो उत्पादनले युवाले स्वदेशमा नै केही गर्न सक्छन् भन्ने सन्देश दिएको उल्लेख गरे ।
गण्डकी प्रदेशभित्रका २ विभागीय टिमसहित ८ टिमको सहभागीता रहने उद्घाटन खेलमा गत वर्षको विजेता कास्की-११ बाहिरीएको छ । कास्की-११ लाई नेपाल प्रहरी गण्डकी प्रदेशले टाईब्रेकरका आधारमा पछि पारेको हो ।
खेलको ४४ मिनेटमा कास्की ११ का मनिस थापा मगरले पहिलो गोल गरेर आफनो टिमलाई अग्रता दिइरहेकै अवस्थाको ४६ औं मिनेटमा नेपाल प्रहरीको तर्फबाट शुसिल लामाले गोल फर्काएर वरावरीमा ल्याउन सफल भए पछि निर्धारीत समयमा कुनै पनि गोल हुन सकेन । थपिएको समयमा पनि दुवै टिमबाट कुनै पनि गोल नभएपछि टाईब्रेकरका आधारमा भएको प्रतिष्पर्धामा नेपाल प्रहरी सेमिफाईनलमा प्रवेश गर्न सफल भएको हो ।
प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की र तनहुँ जिल्ला फुटबल संघ, नेपाल प्रहरी (गण्डकी प्रदेश), सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी, म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब पर्वत तथा होराइजन क्लब वालिङ–स्याङ्जा सहभागी रहनेछन् ।
प्रतियोगितामा प्रथम हुने टोलीले रु. ४ लाख ९९ हजार ९सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले रु. ३ लाख ३३ हजार ३सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई रु. २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने अन्य विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई रु. १५ हजार नगदसहित सम्मान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई रु. ५ हजार नगद र ट्रफी प्रदान गरिने छ ।
उद्घाटन समारोहमा बोल्दै आर्दश युवा क्लवका पदम अध्यक्ष गुरुङले प्रतियोगिताले गण्डकी प्रदेशको फुटबल विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । “लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको आदर्श कपले स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका खेलाडीलाई अवसर प्रदान गर्दै आएको छ र प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीहरूको खेल स्तर तथा मनोबल वृद्धि गर्नु, शारीरिक तथा मानसिक विकासमा टेवा पु¥याउनु, लोकप्रिय खेल फुटबलको प्रवद्र्धन तथा विकास गर्नु रहेको बताए ।
खेलकुद मार्फत खेलाडीबीच आपसी परिचय र भाइचारा विकास गर्नु, नयाँ खेलाडीलाई प्रोत्साहन गर्दै क्षमता अभिवृद्धि गर्नु, क्षेत्रीय तथा राष्ट्रिय स्तरमा क्लब र स्थानको पहिचान गराउनु तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्दै खेल पर्यटनको विकास गर्नु प्रतियोगिताको लक्ष्य रहेको क्लबका सचिव सन्तोष गुरुङले बताएका थिए ।






Discussion about this post