• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

२६ औं आदर्श कप माघ ९ देखि, विजेतालाइ ४ लाख ९९ हजार

Ramsharan Nepali by Ramsharan Nepali
January 18, 2026
in समाचार, स्थानीय
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा सञ्चालन हुन लागेको २६ औं आदर्श कप–२०८२ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिताका विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले प्रतियोगिताको सम्पूर्ण तयारी करिब पूरा भएको जानकारी दिएका हुन ।प्रतियोगिता २०८२ माघ ९ गतेदेखि १६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. २९ भण्डारढिक, सैनिकबस्तीस्थित लेखनाथ रंगशालामा सञ्चालन हुनेछ ।

“निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता” भन्ने नारा सहित संचालन हुने प्रतियोगितामा गण्डकी प्रदेशभित्रका २ विभागीय टिमसहित ८ टिम सहभागी हुने क्लबका सचिव सन्तोष गुरुङले बताए ।

प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की र तनहुँ जिल्ला फुटबल संघ, नेपाल प्रहरी (गण्डकी प्रदेश), सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी, म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब पर्वत तथा होराइजन क्लब वालिङ–स्याङ्जा सहभागी रहनेछन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु. ४ लाख ९९ हजार ९सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले रु. ३ लाख ३३ हजार ३सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई रु. २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने अन्य विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई रु. १५ हजार नगदसहित सम्मान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई रु. ५ हजार नगद र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको क्लबले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले प्रतियोगिताले गण्डकी प्रदेशको फुटबल विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । “लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको आदर्श कपले स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका खेलाडीलाई अवसर प्रदान गर्दै आएको छ । यस वर्षको प्रतियोगितालाई अझ व्यवस्थित, अनुशासित र प्रतिस्पर्धात्मक बनाउने हाम्रो लक्ष्य हो,” अध्यक्ष गुरुङले बताए ।

उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीहरूको खेल स्तर तथा मनोबल वृद्धि गर्नु, शारीरिक तथा मानसिक विकासमा टेवा पु¥याउनु, लोकप्रिय खेल फुटबलको प्रवद्र्धन तथा विकास गर्नु रहेको छ ।

खेलकुदमार्फत खेलाडीबीच आपसी परिचय र भाइचारा विकास गर्नु, नयाँ खेलाडीलाई प्रोत्साहन गर्दै क्षमता अभिवृद्धि गर्नु, क्षेत्रीय तथा राष्ट्रिय स्तरमा क्लब र स्थानको पहिचान गराउनु तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्दै खेल पर्यटनको विकास गर्नु पनि प्रतियोगिताका लक्ष्यहरू रहेका छन् ।

संरक्षक पोखरा महानगरपालिका वडा नं. २९ कार्यालय रहेको छ भने विशेष सहयोगी संस्थाहरूमा राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला खेलकुद विकास समिति कास्की रहेका छन् ।

त्यस्तै सहयोगी संस्थाहरूमा गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ, पोखरा महानगरपालिका वडा नं. २६, २७, २८, ३०, ३१, ३२ र ३३ का कार्यालयहरू, लेखनाथ उद्योग वाणिज्य संघ, विभिन्न शैक्षिक संस्था तथा मादी र रुपा गाउँपालिका रहेका छन् ।

अध्यक्ष गुरुङका अनुसार प्रतियोगिताको अनुमानित लागत ६१ लाख रुपैयाँ रहेको छ र आर्थिक व्यवस्थापन आयोजक क्लब, विभिन्न प्रायोजक, सरकारी तथा गैरसरकारी निकाय, प्रवेश टिकट तथा शुभेच्छुकहरूको सहयोगमा गरिनेछ ।

प्रवेश टिकट दर क्वाटरफाइनल र सेमिफाइनलसम्म रु. १०० र फाइनल खेलका लागि रु. २०० तोकिएको अध्यक्ष गुरुङले जानकारी दिए । साथै प्रतियोगिता अवधिभर सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक, सुरक्षाकर्मी, पत्रकार तथा निजामती एवं सरकारी कर्मचारीलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए ।

Previous Post

ईलेक्ट्रो मेकानिकल संघ नेपालको २४ औं वार्षिक साधारण सभा

Next Post

२६ औं आदर्श कप सुरु, नेपाल प्रहरी सेमिफाईनलमा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
२६ औं आदर्श कप सुरु, नेपाल प्रहरी सेमिफाईनलमा

२६ औं आदर्श कप सुरु, नेपाल प्रहरी सेमिफाईनलमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?