लेखनाथ, ३ माघ । ईलेक्ट्रो मेकानिकल संघ नेपालको शनिवार सम्पन्न २४ औं वार्षिक साधारण सभाका सहभागी बक्ताहरुले सिप नै रोजगारीको मुख्य आधार भएको बताएका छन् ।
कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थान अर्घौ अर्चेलेमा भएको पारिवारीक बनभोज सहितको साधारण सभाका बक्ताहरुले हातमा सिप र मनमा जोस र जागर भएका ब्यक्तिले कहिल्यै पनि भोक भोकै मर्न नपर्ने भएकाले सिपबाट नै आय आर्जनमा जोडिन सकिने बताएका हुन् ।
सिप जिबनको बाच्ने र वचाउने आधार भएकाले आफनो कार्यकुशलताका लागि समयको माग अनुसानर तालिम प्राप्त गरि उपभोक्ताको मन जित्न सक्नु नै वास्तविक रुपको ब्यवासय हो उनिहरुको भनाई रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै इन्स्योर परियोजना इकाई कार्यालय गण्डकी प्रदेशका प्रमुख शुसिल कुमार लिङखरले सिप बिनाको जिवन अपुर्ण हुने भएकाले आफनो पेशा र ब्यवसायलाई बलियो बनाउनका लागि तालिम लिएर अगाडी वढ्न आग्रह गरे सार्थ उनेले हातमा सिप हुनेले छोटो समयमा कार्यकुशलता देखाउदै उपभोक्ताको मन जित्न र आर्थीक रुपमा पनि वलियो हुने विश्वास दिलाएका थिए ।
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपिचन्द्र वास्तोलाले रोजगारीको लागि बाहिरीने प्रबृतिको अन्त्ये गर्नका लागि लेखनाथ उद्योग बाणिज्य संघले विशेष गरि युवा र महिलाहरुको लागि आवस्यकता अनुसारको तालिम दिदै आएको जानकारी गराएका थिए ।
ईलेक्ट्रो मेकानिकल संघ नेपाल कास्कीका अध्यक्ष बलभद्र नकर्मीको अध्यक्षमा भएको कार्यक्रममा सल्लाहकार संयोजक गोविन्द प्रसाद पौडेल,शिखर ईन्स्योरेन्स प्रा लि पोखराका प्रबन्ध निर्देशक विष्णुराज पौडेल,सस्थापक अध्यक्ष डिल्लीराज राजभण्डारी र कानुनी सल्लाहकार सुकदेव गौतम लगाएतले आ आफनो धारणा राखेका थिए ।
विविध सास्कृती कार्यक्रम सहित सुरु भएको कार्यक्रममा सिप विकास तालिम केन्द्र पोखराले प्रदान गरेको फ्रीज र एसी तह २ को परिक्षा उत्रिण गरेका १० जना ब्यवसायिहरुलाई प्रमाण पत्र र सस्थामा आवद्ध नयाँ सात जना ब्यवसायिलाई सन्मान गरिएको थियो ।
सस्थाका महासचिव रेशम गुरुङले संचालन गरेको कार्यक्रमा धन्यवाद ज्ञापन उपाध्यक्ष माधवप्रसाद तिवारीले गरेका थिए भने कार्यक्रमा सस्थाको तर्फबाट ब्यवसायिको नाममा गरिएको दुर्घटना विमा दावी प्राप्त गरेका चार जना ब्यवसायिलाई रकम हस्तान्त्रण गरिएको थियो ।







Discussion about this post