लेखनाथ, माघ १ । पोखरा महानगरपालिका वडा नं २६ मा रहेको नेपाल मगर संघ बुढीवजार इकाई समितिले विविध कार्यक्रमका साथ सामुहिक रुपमा माघे संक्रान्ति पर्व मनायोको छ ।
मगर समुदायले हरेक वर्ष माघे संक्रान्तिलाई नयाँ वर्ष सुरुवात सगै पितृ,प्रकृतीक र सस्कृतीको पर्वको रुपमा मनाउने प्रचलनलाई निरन्तरता दिदै समितिले हर्सोल्लासका साथ यस वर्षको माघी पर्व मनाएका हो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले हाम्रो सम्पती भनेकै यहाँ रहेका विभिन्न जात जातकी मौलीक सस्कृती भएकाले यसलाई जोगाई राख्नका लागि सामुहिक पहलको खाचो औल्याएका थिए । साथै उनले आफनो भाषा र संकृतीको रक्षाका लागि फुटेर होईन जुटेर अगाडी वढ्न आग्रह गर्दै वडाले यहाँ रहेका सामाजिक संघ सस्थाहरुसँग सहकार्य गर्दै अगाडी वढ्ने विश्वास दिलाएका थिए ।
साथै अध्यक्ष थापाले आफनो कार्यकालमा यहाँ रहेका हरेका समाजिक संघ सस्था तथा विभिन्न जात जातीको सहकार्यमा सफलता तर्फ उन्मुख भएको र अव बाकी रहेको कार्यकाललाई पनि सफल बनाउनको लागि यहाँहरुको साथ सहयोग र सहकार्य अनिवार्यता औल्याएका थिए ।
सोही अवसरमा मगर संघ कास्की महिला समितिका निर्वतमान अध्यक्ष नुनुमाया थापा मगरले माघे सक्रान्ति पर्व नेपाल र नेपालीको मौलीक पर्वको रुपमा रहेको यस पर्वमा बिभिन्न कन्तमुल देखि पृतीको सम्झना गर्दै मनाउने प्रचलन रहेको उल्लेख गर्दै वुवा आमाको पेन्सनमा बाच्ने प्रबृतीको अन्त्ये गरि हरेक युवालाई उत्पादनसँग जोडनका लागि एक ईकाइ एक उत्पादनको अवधारणाले अगाडी वढ्न सक्नु पर्ने सुझाव राखेकी थिईन ।
सोही अवसरमा इकाई समितिका सस्थापक अध्यक्ष यम वहादुर थापा मगरले समुदायको जातीय अस्तीत्वका लागि पनि हिजो, आज र भोलीको आवधारणालाई आत्मसाथ गर्दै भावी पुस्तालाई सामाजिक क्षेत्रमा अग्रसर गराउनका लागि ब्यवसायिक,स्वरोजगार र शौक्षीक विकासको क्षेत्रबाट अगाडी वढाउन अनुरोध गरेका थिए ।
नेपाल मगर संघ बुढीवजार ईकाइ समितिका अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुदिपराज ढुगान, स्थानिय समाजसेवी ईश्वरी प्रसाद अधिकारी र सस्थापक सचिव भोज बहादुर थापा लगाएतले आफनो भाषा र सस्कृतीको संरक्षणका लागि अरु कसैको मुख नताकी स्वयमले नै घर परिवारबाट यसको थालनी गर्न सक्नु पर्ने विचार राखेका थिए ।
कार्यक्रममा समाजका जेष्ठ सदस्य एक सय वर्षिय लक्ष्मी मगरलाई सताब्दी औं सन्मान गरिएको थियो भने समाजसँग आवद्ध सदस्यहरुको परिवारबाट उच्च मावि उत्रिर्ण विद्यार्थी र कलाकारहरुलाई सन्मान गरिएको थियो ।
मगर समुदायको मौलीक सस्कृतीको रुपमा रहेको कौडा नृत्य सहित विविध सास्कृतीक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रमको संचालन सचिव दल वहादुर थापाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष जसमिन थापाले गरेकी थिईन ।






Discussion about this post