लेखनाथ, ३० पौष । जागरुक नागरिक समाज कास्कीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले रमेश थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
सर्वससम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा सावित्री भट्टराई , सचिवकमा सन्तोष सुवेदी, कोषाध्यक्षमा डिल्लीरमण भण्डारी, सह सचिव माधव पौडेल चयन भएका छन् भने समितिको सदस्यमा शिवकुमारी सुवेदी, पारस वास्तोला, सीता बस्ताकोटी, बन्दना शाह,बालकृष्ण गौतम,महेन्द्रप्रसाद सुवेदी,भैरवलाल श्रेष्ठ,पार्वती तिवारी,ध्रुवराज पौडेल र रामेश्वर अधिकारी रहेका छन् ।
कार्यक्रमको उद्घघाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशकी प्रमुख नितु गर्तौलाले जागरुक नागरिक समाजले समुदायमा सकारात्मक चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखिन्।
समाजका अध्यक्ष रामहरी ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकारकर्मी विष्णुप्रसाद बराल ,लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बास्तोला, प्रदेश सरुवा रोग अस्पताल अध्यक्ष ऋषि जमरकट्टेल,साविक लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिकराम पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन सचिव सवित्री भट्टराईले तथा उपाध्यक्ष जगन्नाथ तिमिल्सेनाले स्वागत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक रविन्द्रमोहन अधिकारीले सपथ ग्रहण गराएका थिए






Discussion about this post