लेखनाथ, १२ मङ्सिर ।
पोखरा–३० गगनगौडा स्थित सेती ९सरस्वती० नदी किनारमा अवस्थित सतिघाट शवदाह स्थलमा समितिका अध्यक्ष राजु खत्रीको अध्यक्षतामा पाँचौँ साधारण सभा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले सतिघाटलाई धार्मिक प्रतिष्ठानको रूपमा विकास गर्नुपर्नेमा जोर दिँदै उचित संरक्षण र प्रवर्द्धन गर्न सके धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न सक्ने बताइन्।
सभामा सतिघाट क्षेत्रको संरक्षण, व्यवस्थित अन्त्येष्टि सेवा तथा दीर्घकालीन विकासका लागि गुरुयोजना निर्माण गर्ने निर्णय गरिएको छ। प्रचारप्रसारको अभाव र पूर्वाधार कमजोर भएकाले स्थल पूर्ण रूपमा उपयोग हुन नसकेको बताइएको छ।गुरुयोजना लागू भएपछि सतिघाटलाई आधुनिक शवदाहस्थल र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने अपेक्षा व्यक्त गरिएको छ।






Discussion about this post