पोखरा । प्ररमहंशपरिव्राजकाचार्य श्रोत्रिय ब्रम्हनिष्ठ निरञ्जन पीठाधिश्वर अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी डा आत्मानन्द गिरीजी महाराजलाई पोखरा महानगरपालिका वडा नं २०, खुदीमा नवनिर्मित कृष्ण मन्दिरको उद्घाटन कार्यक्रमको अवसर पारेर अभिनन्दन गरिएको छ ।
नवनिर्मित कृष्ण मन्दिर निर्माण समिति का अध्यक्ष सोमनाथ वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वास्तोलाले मन्दिर निर्माणका लागि करिब ६० लाख दान रकम संकलन गरिएको र करिव ४७ लाखको लागतमा मन्दिर निर्माण सम्पन्न गरिएको जानकारी दिए ।
गीता अध्ययन प्रतिष्ठान नेपालकी अध्यक्ष दुर्गा न्यौपानेले सञ्चालन गरेको उक्त कार्यक्रममा पोखरा२९ को ओमकारेश्वर मन्दिरका अध्यक्ष समाजसेवी मोती गिरीले अभिनन्दित व्यक्तित्व गिरीका वारेमा चर्चा गर्दै श्री कृष्ण मन्दिर निर्माण समितिद्धारा परमहंस प्ररिवाजकाचार्य ब्रह्मनिष्ठ निरञ्जन पिठाधीस अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी डाआत्मानन्द गिरीजी महाराजका समिपमा समर्पित अभिनन्दन पत्रमा पोखराको भण्डारढिकमा जन्मिएर आफ्नो जन्मभूमिलाई महिमामण्डित तुल्याउने परोपकारमा लीन आध्यात्मिक ज्ञानरत जगतगुरु शंकाराचार्यका अनुयायी तपोनिधि निरञ्जनी अखडा भारतका परम महामण्डलेश्वर आचार्य जगतगुरु सन्त महात्माहरुद्वारा महामण्डलेश्वर साथै अनन्त पट्टाभिषेक प्राप्त गर्न सफल भएको उल्लेख गरे ।
यस क्षेत्रलाई बहुउद्देश्यीय धार्मिक स्थलका रूपमा विकसित गर्ने उद्देश्यले निर्माण गरिएको भगवान श्रीकृष्णको मन्दिरको समुद्घाटनले नेपालको धार्मिक बम आध्यात्मिक क्षेत्रमा मुर्धन्य व्यक्तित्व परमहंस शिरोमणि उपाधिबाट विभूषित गिरीको करकमलबाट समुद््घाटन हुनु यहाँका जनताले अहोभाग्य ठानेको उनले वताए ।
डा गिरीका मृत्युको रहस्य, ब्रह्मविचार, अद्वैतमकरन्द, अजपागायत्री प्रवचन,श्रीशिवमहिम्नस्तोत्र तथा पूजाविधि,लघुवाक्यवृत्ति अनुवाद,श्रुतिसारसमुद्धरणम, परिष्कृत लघुयोगवाशिष्ठ लगायतका कृतिहरु प्रकाशित छन् ।
डा गिरीे गलेश्वर आश्रम देवघाटधाम तनहुँ,नर्मदेश्वर सन्यास आश्रमको पिठाधीस तथा अध्यक्ष र भारतको नयाँ दिल्ली स्थित बिश्वबिद्यालयबाट मानार्थ विद्यावारिधी प्राप्त गरेको वताइएको छ ।
उनले सांख्य योग शाङ्कर वेदान्ताचार्य,तुलनात्मक दर्शनमा एम ए गरेको जानकारी दिइएको थियो । कार्यक्रममा निर्माण समितिका उपाध्यक्ष बाबुराम थापाले स्वागत गरेका थिए । पुरोहित लेखनाथ घिमिरेले स्वस्तीवाचन गरेका थिए । दानवीर खेमराज सुवेदी लगायत दानदाताहरुको सम्मान समेत गरिएको उक्त कार्यक्रममा डा गिरीेको प्रवचन सुन्न भक्तजनहरुको घुइचो लागेको थियो । मन्दिर निर्माण समिति का अध्यक्ष सोमनाथ वास्तोलाले धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गरेका थिए ।






Discussion about this post