लेखनाथ, १२ मंसिर ।
लेखनाथ क्षेत्रको अग्रणी युवा क्लवको रुपमा चिनिएको आदर्श युवा क्लवको २८औं स्थापना दिवसका अवसरमा शुक्रवार राखिएको २६ औं रत्तदानमा ४४ युनिट रगत संकलन भएको छ ।
खेलकुलको क्षेत्रबाट आफनो नाम कमाउन सफल सस्थाको बार्षिक कार्यक्रम अन्तरगत राखिएको रक्तदानका पहिलो रत्तदाता लेखनाथ निर्माण ब्यवसायि समितिका अध्यक्ष भिमबहादुर नेपाली (काईला)लाई ब्लड ब्याग हस्तान्त्रण गर्दै लेखनाथ उद्योग बाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले क्लवले सामाजिक रुपमा गरेका कामको उच्च प्रशंसा गर्दै युवाहरुलाई कसरी स्वादेशमा नै राखेर ब्यवसायिक वनाउन सकिन्छ भन्ने वारेमा क्लवले अभियान चलाउनु पर्ने सुझाव राखेकी थिईन ।
सोही अवसरमा क्लवका सस्थापक अध्यक्ष चेतबहादुर गुरुङले निरोगी हुनका लागि पनि स्वच्छ मानिसले ३÷३ महिनामा रगत दिन सकिने धारणा राख्दै क्लवकै सक्रियतामा हालको लेखनाथ र®शालाको जग्गा संरक्षण गर्न सकिएको बताएका थिए ।
यसैगरि कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष छत्रधर आत्रेयले क्लकको सक्रियतामा संरक्षीत खेलमैदानको स्तरउन्नतीका लागी स्थानियवासीहरु नै सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिएका थिए भने ङयोए तमु धि कास्कीका अध्यक्ष मेजर रामप्रसाद गुरुङ,जनप्रकाश बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी,जनप्रकाश टोल विकास सस्थाका अध्यक्ष सुवेदार चन्द्र वहादुर गुरुङ लगाएतले क्लवले स्थानिय युवाहरुलाई संगठित गर्दै सामाजिक क्षेत्रमा क्रियासिल बनाएको धारणा राखेका थिए ।
क्लवका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य ओम प्रसाद कुमालले गरेका थिए ।






Discussion about this post