• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

मंसिर १३ गते शनिबार बेगनासतालमा ‘एक्सटेरा नेपाल २०२५’ हुने

Ramsharan Nepali by Ramsharan Nepali
November 27, 2025
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ११ मंसिर । पोखराको बेगनासताल लगायत वरपरको क्षेत्रलाई साहसिक खेलकुदको गन्तव्यको रुपमा अघि बढाउन यहि मंसिर १३ गते शनिबार ‘एक्सटेरा नेपाल २०२५ हुने भएको छ ।

प्रिविङ्कल सर्भिस प्रालिको आयोजनामा हुने प्रतियोगिताको दोस्रो संस्करण शनिबार बेगनासताल किनारमा आयोजना हुने संस्थाका प्रवन्ध निर्देशक दिपेश घलेले जानकारी दिए । यो प्रतियोगिता अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त एक्सटेरा प्लानेट ब्रान्डको हिस्सा हो. जसले अफ रोड ट्रायथलन, ट्रेल रन लगायतका साहसिक खेलहरूको प्रवद्र्धन गर्दै आईरहेको छ ।

शनिबार हुने कार्यक्रमहरुमा ट्रायथलन खेल (स्विमिङ, साइक्लिङ र दौड)को संगम रहेको बताउँदै यस वर्ष स्वदेशी तथा विदेशी खेलाडीहरुको उत्साहजनक सहभागिता रहने पनि घलेले बताएका छन् । प्रतियोगिताको आयोजनाले पोखरा भ्रमण वर्ष २०२५ लाई समेत सकरात्मक प्रभाव पार्ने उनले दावी गरेका छन ।

प्रतियोगिताले पोखराको पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा रहेको उल्लेख गर्दै घलेले भने–‘पोखराको लेखनाथ र बेगनासताललाई खेलकुदमार्फत पर्यटन प्रवद्र्धनलाई अझ सशक्त बनाउने उद्देश्यसहित यो प्रतियोगिता आयोजना गरेका हौं’ उनले थपे, ‘यसलाई सफल बनाउन सबैको सहयोग र सहकार्यका लागि म अनुरोध गर्दछु ।’

१३ देशका १५० भन्दा बढी प्रतिस्पर्धीको सहभागिता निश्चित भइसकेको प्रतियोगितामा स्थानिय ५० जना समेत सहभागी हुनेछन । स्प्रिन्ट ट्रायथलन अन्तर्गत ७५० मि.पौडी, १४ किमी माउण्टेन बाइक रेस, ६ किमी ट्रेल रनको पहिलो इभेन्ट रहनेछ भने फुल डिस्टेन्स ट्रायथलन अन्तर्गत १.५ किमि स्विमिङ, २८ किमि साइक्लिङ र १२ किमि ट्रेल रन हुनेछ । पूर्ण दूरी ट्रायथलन र १२ किलोमिटर ट्रेल रनमा पुरस्कारको व्यवस्था गरिएको छ । दुवै विधाका महिला तथा पुरुष विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितालाई थप रोचक बनाउन दुआथलन, ट्रेल रन र २ किमि किड्स रन समेत समावेश गरिएको आयोजकले जनाएको छ । पहिलो संस्करणमा सहभागिता जनाएका विदेशी खेलाडीहरूले समेत पोखरालाई विश्वकै उत्कृष्ट मध्ये एक भएको उल्लेख गरेको स्मरण गर्दै घलेले प्रतियोगितालाई पोखरा महानगरपालिकासहित, वडा नं २७, २८, ३० र ३१ को समेत सहयोग रहेको र स्थानिय बेगनास युवा क्लब, लेखनाथ होटल एसोसिएसन, स्थानिय तमु समाज, स्थानिय आमा समूह, बेगनासताद डुंगा व्यवसायी समिति लगायतले समेत आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नेछन् ।

पोखराको फेवातालमा वाटर स्पोर्टसका गतिविधि हुदै आए पनि पोखराकै अर्को महत्वपूर्ण बेगनास भने वाटर तथा एडभेन्चर स्पोर्टसको गतिविधि शुन्य प्रायः रहेको छ । प्रतियोगिताले यस क्षेत्रमा समेत खेल गतिविधि बढ्ने अपेक्षा आयोजकले गरेको छ ।

Previous Post

लेखनाथ निर्माण ब्यवसायिको बृक्षारोपण

Next Post

आदर्शको २८औं स्थापना दिवसमा २६ औं रत्तदान ४४ युनिट रगत संकलन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

डायमण्डकी प्रमिसाले जितिन ‘डल्फिन मेगा स्पिच’ सिजन–१ को उपाधी
समाचार

डायमण्डकी प्रमिसाले जितिन ‘डल्फिन मेगा स्पिच’ सिजन–१ को उपाधी

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने
कृषी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ
समाचार

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ

जल्धारे सहकारीको मौरी पालन तालिम
समाचार

जल्धारे सहकारीको मौरी पालन तालिम

Next Post
आदर्शको २८औं स्थापना दिवसमा २६ औं रत्तदान ४४ युनिट रगत संकलन

आदर्शको २८औं स्थापना दिवसमा २६ औं रत्तदान ४४ युनिट रगत संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?