नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफूहरूलाई जिम्मेवारी दिए एक महिनामै महाधिवेशन गर्ने बताउनुभएको छ ।
विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै सभापति शर्माले महाधिवेशन गर्न नसकिने कारण केही नरहको बताउनुभएको हो । उहाँले आफूलाई पार्टीले जिम्मेवारी दिए एक महिनाको समय अवधिभित्र महाधिवेशन सक्ने बताउनु भयो ।
महाधिवेशनका लागि सातवटै प्रदेश तयार रहेको बताउनु भयो । सभापति शर्माले विपी कोईरालाका पालामा महाधिवेशन माग गर्नैपर्ने अवस्था नभएको बताउनु भयो । त्यसबेला सिद्धान्त र पद्दतिअनुसार पार्टी चलेको उल्लेख गर्दै उहाँले ५४ प्रतिशतले माग गर्दा पनि महाधिवेशन गर्दिन भन्ने अवस्था आउनु दुःखद् रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म गण्डकी प्रदेशको सभापति हुँ, केही कारणले महाधिवेशन गर्न सकिन्न भन्ने मलाई लाग्दैन । हामीलाई जिम्मेवारी दिऊँ, एक महिनाको समय दिऊँ, सबै प्रक्रिया पु¥याएर महाधिवेशन गर्छौं, यसका लागि सातै प्रदेश तयार छ ।’
सभापति शर्माले अहिलेको देशको अवस्थामा पार्टीले गल्ती नदोर्होयाउने प्रतिवद्धतासहित जनताका बीचमा जानुपर्ने बताउनु भयो ।







Discussion about this post