लेखनाथ, २२ कार्तिक । हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं.३० का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले सहकारीको सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीलाई अगाडी बढाउन कसैको दबाब र प्रभावमा नपरि काम गर्न सुझाव दिएका छन ।
वडाध्यक्ष सुवेदीले सहकारीकर्मीहरुले सहकारी ऐनको परिधिमा रही वित्तिय क्षेत्रमा आउन नसकेको पूँजीलाई वित्तिय क्षेत्रमा ल्याउन सकेमा र संकलित पूँजीको सूरक्षणको दायित्व पनि सहकारीकर्मीहरुको नै रहेकोले वित्तिय अनुशासन भुल्न नहुने उहाँको भनाइ थियो ।
कार्यक्रममा पोखरा–३० का निवर्तमान वडाध्यक्ष श्रीराम पोख्रेल, पोखरा महानगरपालिका कार्यपालिका सदस्य भिम कुमारी पुन, संस्थाका पुर्व अध्यक्ष प्रेम प्रसाद शर्मा, शेयर सदस्यहरुको तर्फबाट नारायणी तिवारी र कौशिला अधिकाले लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षक गिता विमलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । उनले सहकारीले स्थापनाकालदेखि नै शेयर सदस्यहरु बिच बैंकिङ्ग कारोबार, मासिक बचत, दैनिक बचत, ऐच्छिक बचत, रेमिट्यान्स बचत, आकुरा वचत, खुत्रुके वचत, आवधिक (मुद्धती) वचत र आपसी सहयोग कोष जस्ता कार्य गर्दै आएको बताईन । उनले सहकारीको कुल पुँजी ६३ करोड ५३ लाख ४७ हजार ६४ रुपैया, शेयर पुँजी ६ करोड ११ लाख ७० हजार रहेको र ४८ करोड ५८ लाख ३ हजार १ सय ३१ निक्षेप संकलन गरी ५३ करोड ४३ लाख १ हजार ७ सय १६ कर्जा लगानी गर्न सफल भएको जानकारी दिईन ।
सहकारीका अध्यक्ष महेन्द्र अधिकारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन नगेन्द्र प्रसाद रेग्मीले र सचिवको प्रतिवेदन चन्द्रकान्त देवकोटाले प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा संस्थाका ८० वर्ष माथिका ज्येष्ठ नागरिक सदस्यहरु मन बहादुर भुजेल, राधिका देवी च्वाईँ र काशिनाथ लामिछाने, विद्यावारिधि गर्न सफल सदस्यहरु डा. रामचन्द्र भन्डारी र डा. यज्ञराज रिमाल र सहकारीमा उत्कृष्ट कारोवार गर्ने २५ जना सदस्यहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष महेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष लोकराज ढकालले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव चन्द्रकान्त देवकोटाले गरेका थिए ।







Discussion about this post