लेखनाथ, २२ कार्तिक ।
गण्डकी विश्व विद्यालयका कुलपति बरिष्ठि प्रा.डा. ईन्द्रप्रसाद तिवारीले शिक्षण संस्थाहरूले परम्परागत भन्दा नविनतम शैक्षिक विधि र प्रविधिको प्रयोग गरी शिक्षालाई रोजगारमुखी बनाउनुपर्नेमा जोड दिए । पोखरा २७ तालचोकमा रहेकोे त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभालाई सम्वोधन गर्दै सो कुरा बताएका हुन ।
उनले समाज र बजारसँग जोडिएको व्यवहारिक ज्ञान प्रदान गर्नु आजको आवश्यकता रहेको बताए । उनले कलेजले व्यवस्थापन विषयमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै स्थानीय स्तरमै गुणस्तरीय शिक्षा उपलब्ध र रोजगार समेत दिदै आएको छ । यसले विद्यार्थीहरूलाई विदेश जानुपर्ने बाध्यता घटाउँदै पोखरामा नै उच्चस्तरीय शिक्षा पाउन र रोजगार पाउन सहज बनाएको छ उनले भने ।
कार्यक्रमको स्वागत मन्तव्य कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईले दिएका थिए । उनले शेयर सदस्यको लगानी संरक्षण गर्दै संस्थालाई पोखरा क्षेत्रकै शैक्षिक पर्यटन क्षेत्रको रुपमा नमुना कलेज बनाउन निरन्तर काम भइरहेको बताउदै कलेजको समग्र शैक्षिक उन्नयन र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धताबारे प्रकाश पारेका थिए ।
कलेज प्रमुख यदुनाथ आचार्यले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै कलेजले समयसापेक्ष शैक्षिक गुणस्तर कायम राख्दै विद्यार्थीलाई आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउने र कास्की जिल्लाकै उत्कृष्ट कलेज बनाउन निरन्तर प्रयासरत रहेको बताउदै आचार्यले संस्थागत प्रगति र शैक्षिक उपलब्धि, गुणस्तर सुनिश्चितता, सहकार्य र सम्झौताहरु, पुर्वाधारमा प्राविधिक सुदृढीकरण, व्यवसायिक सन्जाल र रोजगारी अवसर, अनुसन्धान, परियोजना र अतिरिक्त क्रियाकलाप, आगामी योजना र प्रतिवद्धता र कोरियाली विश्वविद्यालयसँगको एम ओ यु अन्तर्गत विद्यार्थी आदान प्रदान र संयुक्त अध्ययन परियोजनाको कार्यन्वय सुरु गरेको बताएका थिए ।
कलेज व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष बाबुराम गिरीले निजीस्तरबाट सञ्चालित कलेजले शैक्षिक गुणस्तरमा कुनै कमी नगर्ने प्रतिबद्धता व्यक्त गरे । यसक्रममा कार्यक्रममा पूर्व अध्यक्ष राजेन्द्रमणि लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली, , लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुराहरी शर्मा, हिसान कास्कीका अध्यक्ष यम बहादुर रोक्का, भवानी कालिका माविका प्र.अ. रमेश भट्टराई, पूर्व विद्यार्थी एसोसियसनका अध्यक्ष सुदिन मोहन भटट्राई, एसोसियसनका सचिव असिम पाण्डे, लगायतले शैक्षिक ज्ञानसँग व्यवहारिक ज्ञानलाई जोड्नुपर्ने धारणा राखेका थिए ।कार्यक्रमको सञ्चालन कलेजका सहायक प्रमुख दिल्लीराम पौडेलले गरेका थिए ।
कलेज सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित सञ्चालनमा छ र वर्तमानमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विविएस र एमविविएस विहानी कक्षाहरू समेत सञ्चालनमा छन् ।
कलेजले परम्परागत शिक्षाभन्दा नविनतम र गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई रोजगारमुखी र व्यावहारिक ज्ञानसँग सुसज्जित बनाउन निरन्तर प्रयासरत रहेको छ ।






Discussion about this post