• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

रुपाताल मत्स्यपालन सहकारीको अध्यक्षमा राम बहादुर थापा चयन

Ramsharan Nepali by Ramsharan Nepali
October 18, 2025
in समाचार, स्थानीय
0
0
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १ कार्तीक । रुपाताल पुनस्थापना तथा मत्स्यपालन सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनले आगामी कार्यकालका लागि राम बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा ढक वहादुर थापा,सचिवमा बिरेन्द्र ढकाल,कोषाध्यक्षमा रामजी अधिकारी रहेका छन् यसैगरि समितिको सदस्यहरुमा रेशम गुरुङ,शिवराज अधिकारी,पुर्ण वहादुर गुरुङ,सर्मिला खड्का र ईश्वर थापा छन् भने समितिको लेखा संयोजकमा कमल बहादुर थापा र सदस्यहरुमा सुभद्रा घिमिरे र पुरुषोत्तम अधिकारी रहेको ब्यवस्थापक नवराज खड्काले जानकारी दिएका छन् ।

प्राकृतिक सम्पदाको संरक्षण गरौं,दिगो उत्पादनमा जोड दिऔं भन्ने मुल नारामा साथ कास्कीको तेस्रो ठुलो रुपातालमा गत वर्षको तुलनमा झण्डै २० हजार के जीले माछाको उत्पादन घटेको छ ।

विगत २४ वर्ष देखि तालको संरक्षण गर्दै आय आर्जनका लागि माछा पालन गर्दै रुपाताल पुनस्थापना तथा मत्स्यपालन सहकारी संस्थाको शुक्रवार सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनका सहभागी बक्ताहरुले तालमा माछाको उत्पादन घट्नुका वारेमा चिन्ता जाहेर गरेका छन् ।

गत वर्ष सस्थाले विभिन्न जाताका ४०हजार ८५ के जी माछा उत्पादन गरेकोमा यो वर्ष २१हजार नौ सय १० के जी मात्र माछा उत्पादन हुदा झण्डै ५० प्रतिशतले माछाको उत्पादनमा कमि आएको वताईएको छ ।

माछाको उत्पादन सगै आम्दानीमा पनि गत वर्ष एक करोड ७१ लाख ९७ हजार छ सय २४ रुपियाँको माछा विक्रि भएको थियो भने यो वर्ष एक करोड आठ लाख ४६ हजार नौ सय ६६ रुपियाँका माछा विक्रि हुदा झण्डै ६० लाख रुपियाले कमि आएको हो ।

माछाको उत्पादनका कसरी कमि आयो भन्ने सवालको मुख्य कारणमा वातावरणी प्रभाव,रुपाताल संरक्षण एकिकृत विकास परियोजनाको काम संचालन भईरहदाको होहल्ला,आगन्तुक जलेवा जातको चराको प्रकोप र गत दुई वर्ष अगाडी कम भुरा तालमा छोड्दा माछाको उत्पादनमा कमि आएको सस्थाका अध्यक्ष शिवराज अकिारीले जानकारी दिएका छन् ।

वि सि २०५८ सालमा ३६ जना अग्रजहरुको सक्रियतामा सुरु गरिएको सस्थाले रुपाताल जलाधार क्षेत्रभित्र वसोवास गर्दै आएका एक घर एक परिवार सेयर सदस्य हुन पाउने गरि समान सेयर समान मुनाफाको निती अनुरुप एक हजार ४६ सेयर सदस्य मार्फत चार करोड १८ लाख ४० हजार रुपियाको सेयर पुँजी वनाउन सफल भएको छ ।

यसैविच सस्थाको २४ औं वार्षिक साधारण सभाको अवसर पारेर सेयर सदस्य प्रत्साहनका स्वरुप उत्कृष्ट कारोवार तर्फ शुशिला अधिकारी,मिना तिमिल्सेना र सोमलाल पंगेनी,उत्कृष्ट बचतकर्तामा कृष्ण माया थापा र राजाराम पंगेनी,प्राविधिक सेवा तथा परामर्श तर्फ ठाकुर प्रसाद लामिछानेलाई सम्मान गरिएको थियो ।

रुपाताल पुनस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष लेखनाथ ढकाल,पुर्व अध्यक्ष कुलप्रसाद अधिकारी,सल्लाहकार टिकाराम पंगेनी,धु्रवनाथ अधिकारी,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका अधिकारी पराजुली,सहकारी विज्ञ भोजराज घिमिरे र सेयर सदस्यहरुको तर्फबाट फुलमाया गुरुङ लगाएतले आफनो धारणा राखेका थिए ।

सस्थाका सचिव विरेन्द्र ढकालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष शुशिला थापाले गरेकी थिईन भने ब्यवस्थापक नवराज खड्काले सस्थाको आर्थीक अवस्था र आगामी दिनमा गर्न सकिने योजनाहरुका वारेमा पुर्व जानकारी गराएका थिए ।

Previous Post

जनप्रिय सहकारीको अध्यक्षमा पुन रविन्द्रको नेतृत्व

Next Post

लोक साँस्कृतीक संरक्षण समितिको कार्तिके मासमहात्म्य

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
लोक साँस्कृतीक संरक्षण समितिको कार्तिके मासमहात्म्य

लोक साँस्कृतीक संरक्षण समितिको कार्तिके मासमहात्म्य

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?