• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेशनल प्याब्सन कास्कीको २७ औँ वार्षिक साधारण सभा

Lekhnath Khabar by Lekhnath Khabar
September 27, 2025
in समाचार
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेशनल प्याब्सन, कास्कीको २७ औँ वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले पछिल्लो समय भएको जेन–जी आन्दोलनको क्रममा भएको विध्वंसले हजारौँ विद्यार्थी शिक्षण सिकाइबाट वञ्चित भएको बताएका छन् ।

‘नेपाल सरकारले नै शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा घोषण गरेको छ, जहाँ राजनीतिक हिसाब या अरू कुनै पनि तवरले विद्यालय माथि प्रहार हुनु हुँदैन। तर यो आन्दोलनका क्रममा भएको विध्वंसले विद्यालय पनि अछुतो रहन सकेन’ अध्यक्ष न्यौपानेले भने, ‘विद्यालयको क्षतिबाट हजारौँ विद्यार्थी शिक्षण सिकाइबाट वञ्चित भएका छन् यसको हामी घोर भत्र्सना गर्दछौ ।’

शिक्षाकर्मीहरू विद्यार्थीको जीवनसँग जोडिने भएकोले निजी विद्यालयका सञ्चालक कहिल्यै पनि उत्तेजित हुन नहुने उनको भनाई थियो । ‘हरेक ठाउँमा हुने चरम भ्रष्ट्राचार कारण यो आन्दोलन भएको हो’ उनले भने– ‘परिवर्तनको संवाहक शिक्षाकर्मी भएकोले हामी संयमित भएर हाम्रा पेसा व्यवसाय प्रति जिम्मेवारी भएर लाग्न म आग्रह गर्दछु ।’

५४ वर्ष पछि नयाँ शिक्षा ऐन आउनेक्रममा अहिलेको परिस्थितिले फेरी अन्यौलता थपिएको उनको भनाई थियो । ‘शिक्षा ऐन आउन लाग्दा निजी विद्यालयका केही विमति थिए । हामीले पटक पटक सरकारसँग यस विषयमा छलफल गरेका थियौँ । सरकार पनि बिस्तारै सकारात्मक भएको थियो’ उनले भने– ‘आन्दोलनका कारण फेरी शिक्षा ऐन रोकिएको छ जसले गर्दा अन्यौलता सिर्जना भएको छ ।’ अहिलेको अन्तरिम सरकारले कुनै पनि कानुन बनाउन नसक्ने बताउँदै निर्वाचन पछि बन्न सरकारले नयाँ शिक्षा ऐन ल्याउनमा आशावादी भएको उनको भनाई थियो।

पोखरा महानगर पालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत कृष्ण प्रसाद भण्डारीले पोखराका शैक्षिक गुणस्तर वृद्धि गर्नका निजी विद्यालयको भूमिका अतुलनीय रहेको बताए । ‘शिक्षा महाशाखाले ल्याएका हरेक कार्यक्रमलाई सफल बनाउनका लागि नेशनल प्याब्सन कास्कीको भूमिका महत्त्वपूर्ण रहेको छ’ उनले भने– ‘शैक्षिक गुणस्तर सुधारका क्रममा आगामी दिनमा पनि यहाँहरूबाट सहयोगको अपेक्षा गरेका छौँ ।’

नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा कास्कीका सल्लाहकार राम बहादुर मोचीले संस्कार सहितको स्तरीय शिक्षा अहिलेको आवश्यकता भएको बताए । ‘हालै भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाले हामीलाई पनि अझै जिम्मेवारी बन्नु पर्ने देखाएको छ’ उनले भने–‘कर्ममा धर्म मिसिएको पेसा हाम्रो भएकोले पनि अव संस्कार सहितको स्तरीय शिक्षाबाट विद्यार्थीलाई सचेत बनाउनु पर्दछ ।’

नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश खड्काले हरेक आन्दोलन र संघर्षमा निजी विद्यालयका सञ्चालक मारमा पर्ने गरेको बताउँदै शिक्षा पेसामा भएकाले हामी थप जिम्मेवार भएको अगाडि बढ्नु पर्ने उल्लेख गरे ।

कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, मन्टेश्वरी एसोसिएसन कास्कीकी अध्यक्ष भवानी अधिकारी, संगम पब्लिकेशनका ऋषिराम शर्मा भण्डारीले बोलेका थिए । कार्यक्रममा नेशनल प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारी, कोषाध्यक्ष राजु केसी, लेखा समिति संयोजक दिपु भारीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेशनल प्याब्सन कास्कीकामा आबद्ध नयाँ विद्यालय न्यु लिटिल स्टेप इंगलिस बोर्डिङ स्कुल पोखरा–१ भिमकालिपाटन बगरका संस्थापक प्रिन्सिपल सुरेन्द्रराज पाण्डे लाई सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो ।

नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Previous Post

डाँडाकोनाक प्रहरी चौकीमा गुणराज, चाडपर्वमा बिशेष सुरक्षाको प्रतिवद्धता

Next Post

चाडवाडको शुभकामना संगै अधिकृत विक्रेता संघ लेखनाथ द्वारा नेपाल प्रहरीलाई सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा
अर्थ खबर

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा
शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना
समाचार

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान
समाचार

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी
समाचार

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

Next Post
चाडवाडको शुभकामना संगै अधिकृत विक्रेता संघ लेखनाथ द्वारा नेपाल प्रहरीलाई सहयोग

चाडवाडको शुभकामना संगै अधिकृत विक्रेता संघ लेखनाथ द्वारा नेपाल प्रहरीलाई सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?