लेखनाथ, ९ असोज । चाडपर्वको अवसरमा उपभोक्ताको हकहितलाई मध्यनजर राख्दै रुपा गाउँपालिकाले आफनो क्षेत्राधिकार भित्र रहेका बजारको अनुगमन गरेका छ ।
गाउँपालिका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुङको नेतृत्वमा वडा प्रतिनिधि, कार्यालयका कर्मचारी, पत्रकार र सुरक्षा निकाय सहितको दुई टोलीले पालिकाका विभिन्न क्षेत्रका बजारको अनुगमन गरेको हो ।
गाउँपालिका अध्यक्ष ओझाले चाडवाडमा व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरेर अत्यधिक नाफा लिने देखि समय सकिएका सामाग्रीको विक्रिविरणलाई रोकथम गर्नका लागि हरेक वर्ष जस्तै यस वर्ष पनि चाडवाडको समयमा बजार अनिगमनलाई तिव्र पारेका वताए । साथै उनले मूल्य सुची, तौल, गुणस्तर, म्याद, सरसफाइ, कानूनी कागजात र उपभोक्ता अधिकारलाई बजार अनुगमनको मुख्य आधार बनाईएको जानकारी गराएका थिए ।
यता उपाध्यक्ष लाल सुब्वा गुरुङको नेतृत्वको टोलीले देउराली फेदी,देउराली,खडागाँउ, काफलडाँडा, ढुङ्गागाडे,खाल्टे,मुलपानी ,माउडाडाँ लगायतका स्थानमा पुगेर अनुगमन गरेका थिए । भने अध्यक्ष नवराज ओझा नेतृत्वको टोलीले खोलाको छेउ, भंगरा,जमनकुना, तालवेसी, हंसपुर, सास्त्री, देउपुर, थुम्की हुदै भिरचोक क्षेत्रको अनुगन गरेको जनस्वास्थ्य निरिक्षक रामचन्द्र ओझाले जानकारी दिएका छन् ।
अनुगमनका क्रममा केही पसलबाट म्याद सकिएका उपभोग्य वस्तु बरामद गरिएका वस्तुहरूमा मिन्टु मसला, दालमोट, नरिवल लड्डु, , दाल, सुजी, , चिउरा, , हरियो मटर तथा कोल्ड ड्रिङ्स लगायतका अखाद्य वस्तु रहेका थिए । यी वस्तुहरू सम्बन्धित पालिकाका अधिकृतको रोहवर स्वयम व्यापारिले तत्कालै जलाएर नष्ट गरेका थिए ।
गाउँपालिकाको क्षेत्राधिकार भित्रका करिव चार सय ७० पसल ब्यवसायहरु दर्ता भएका र वाकी केही पसलहरु दर्ता नभई संचालनमा रहेकाले यथासक्यो चाडै दर्ताको प्रक्रियामा आउन समेत अनुरोध गरिएको थियो ।






Discussion about this post