लेखनाथ, ९ असोज । कास्की जिल्लामा रहेर सामाजिक, शैक्षिक तथा वाताबरणको क्षेत्रमा काम गरिरहेको सामाजिक संस्था सिड फाउण्डेसन कास्कीको २२ औं साधारण सभा तथा आठौं अधिवेशनले संस्थाको आठौ अधिवेसनले मदन थापालाई अध्यक्षमा चयन गरेको छ ।
आगामी तिन वर्षका लागि निर्वतमान सचिव मदन थापाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रेम कुमारी न्यौपाने, सचिवमा मोहन न्यौपाने, कोषाध्यक्षमा निल कुमारी थापा मगर, सह सचिवमा अर्जुन लम्साल र सदस्यहरुमा सुनिता थापा र विमला खवास र आमन्त्रित सदस्यमा सानु सुनार चयन भएकी हुन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले सिड फाउन्डेसनसंग सहकार्य गरी तालिम देखि स्वरोजगार मुलक कार्य गर्न उद्योग वाणिज्य संघ तयार रहेको बताउदै तालिम मार्फत आय आर्जन र रोजगारीमा जोडिन समेत आग्रह गरेकी थिईन ।
कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र बहादुर थापाले सस्थाले वातावरण शैक्षिक र जेष्ठ नागरिकको क्षेत्रमा काम गर्दै आएको जानकारी गराएका थिए । सोही अवसरमा कोषाध्यक्ष बिष्णु गुरुङले आर्थिक प्रतिवेदन र सचिव मदन थापाले संस्थाले गत आ.व. मा गरेका कार्यक्रमहरुको प्रगती विवरण पेश गरेका थिए ।
सोही अवसरमा ६ महिने सिलाई कटाई तालिम र गडिया र कुसन वनाउने एक हप्ते तालिमका सहभागीहरुलाई प्रमाण पत्र र प्रशिक्षकहरु सानु सुनार, सोनु थापा र पुजा लामालाई प्रशंसा पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा तालिममा सहभागीको तर्फ वाट शर्मिला अधिकारी , प्रशिक्षक सानु सुनार , निवर्तमान अध्यक्ष ध्रुव नाथ अधिकारी , होटल तथा रेष्टुरेन्ट एशोसियसन लेखनाथका अध्यक्ष विरभद्र कंडेल , कुर्लुगं खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नरनारायण थापा, मंगल धर्म चक्र बौध्द गुम्वाका अध्यक्ष वुध्दिबहादुर गुरुङ, पचभैया कोट देउरालिका अध्यक्ष पुरुषोत्तम अधिकारी लगाएतले आ आफनो धारणा राखेका थिए ।
संस्थाकी उपाध्यक्ष शुशिला गुरुङ्गले धन्यवाद मन्तव्य राखेको कार्यक्रममा संस्थापक दामोदर भक्त थापाले संस्था स्थापना काल देखी आज सम्म भए गरेका सामाजिक गतिविधी र भावी कार्यक्रमका वारेमा जानकारी गराएका थिए ।






Discussion about this post