लेखनाथ, ६ असोज । पोखरा महानगरपालिका वडा नम्वर २७ को तालचोकमा रहेको संमृद्धि बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको छोटो समयमा आफनो शेयर पुँजी सात करोड नजिक पुर्र्याउन सफल भएको छ ।
लेखनाथ क्षेत्रका उद्योग ब्यवसायिहरुको सहभागीतामा वि स २०७१ साल स्थापना भएको सस्थाले ११ वर्षको दौडानमा दुई सय ५० जना शेयर सदस्यहरु मार्फत आफनो शेयर पुँजी छ करोड ६८ लाख २४ हजार पुर्र्याउन सफल भएको हो ।
यसै विच संस्थाको सोमवार सम्पन्न ११ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघकी नव निर्वाचित अध्यक्ष जानुका पराजुली अधिकारीले सहकारीमा सदस्य हुने तर आर्थीक कारोवार वाहिर बाहिर गर्ने प्रचलनलाई सुधार गर्दै सहकारीका क्षेत्रमा देखिएका केही समस्याले समग्र सहकारीलाई असर पुर्र्याएकाले शेयर सदस्य, संचालक समिति र कर्मचारीको सहकार्यबाट सहकारीलाई अगाडी वढाउनु पर्ने सुझाव राखेकी थिईन ।
सोही अवसरमा संस्थाका अध्यक्ष सुमन भट्टराईले सहकारीले शेयर सदस्यहरुका विच सहकार्य गर्न सिकाउने भएकाले संमृद्धि सहकार्यले निती र नियमलाई आत्मसाथ गर्दै ब्यवहारिक पक्षलाई समेत ध्यानमा राख्दै अग्रगामी बाटो अगालेको धारणा राखेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार छत्रधर आत्रेय, प्रादेशिक जनरल स्वास्थ अस्पताल संचालक समितिका अध्यक्ष ऋषिराम जमरकट्टेल, संस्थाका लेखा समितिका संयोजक उतमदत्त बराल, कोषाध्यक्ष रामजी पौडेल, लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र वास्तोला, वित्तीय संघ संस्थाको तर्फबाट केशवराज पौडेल र सेयर सदस्यहरुको तर्फबाट उपेन्द्रराज सुवेदी राजु लगाएतले संस्थामा देखिएको कार्यगत एकताका कारण छोटो समयमा राम्रो प्रगती गर्न सफल भएको विचार राखेका थिए ।
संस्थाका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव नवराज तिवारीले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष प्रमोद भण्डारीले गरेका थिए ।






Discussion about this post