• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बलात्कार प्रयासको घटनामा २५ पल्ट उठबस ! वडाले नै गरायो मिलापत्र

Ramsharan Nepali by Ramsharan Nepali
September 20, 2025
in समाचार, स्थानीय
0
0
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ l नाबालिगमाथि बलात्कार प्रयास भएको घटनामा आरोपीलाई २५ पल्ट उठबस गराएर वडा कार्यालयले मिलापत्र गरेको भेटिएको छ । जबर्जस्ती करणी उद्योगको मुद्दा आकर्षित हुने उक्त घटनामा पोखरा महानगरपालिका–२९ मा जनप्रतिनिधिकै उपस्थितिमा बिहीबार मिलापत्र गरेको भेटिएको हो ।

बुधबार बिहान २ बजे स्थानीय ३० वर्षीय सुमन भण्डारी जाली लगाएको झ्यालबाट बालिका सुतिरहेको कोठामा पसे । मादक पदार्थ सेवन गरेर गएका उनले बालिकाको खाटमा लगाइएको झुल ताने । त्यतिबेलै बालिका ब्युझिएर चिच्याइन् । उनी उठेर बत्ति बाल्दा भण्डारीलाई देखिन् ।

उनले गुहार मागेपछि भण्डारीले आफ्नो मोबाइल छोडेर त्यहाँबाट भागे । बालिकाको परिवारले भोलिपल्ट टोल विकास समितिमा खबर गर्‍यो । समितिले ती युवकलाई सामान्य माफी मगाएर कागज गर्‍यो ।

पीडित परिवारले आफूले न्याय पाएको महसुश नगरेपछि बिहीबार वडाध्यक्षको घरमा पुगेको बालिकाका आफन्तले बताए । वडाध्यक्ष श्रीप्रसाद गुरुङले दिउँसो टोल विकास समिति, महिला समूह, स्थानीय अगुवा, आरोपित युवक र पीडित परिवारलाई राखेर छलफल गराए ।

छलफलपछि वडा सचिव समेतको संलग्नतामा आरोपीलाई २५ पल्ट उठबस र पीडित बालिकाको खुट्टा ढोग्न लगाएर मिलापत्र गराइएको हो । मुलुकी अपराध संहिता, २०७४ ले १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी सम्बन्धी कसुर गरेमा पीडकलाई १८ देखि २० वर्षसम्म कैदको व्यवस्था गरेको छ ।

करणी सम्बन्धी उद्योगमा भने त्यसको आधा सजाय हुन्छ । बालिकाले प्रहरीमा जाहेरी दिएर कसुर ठहर भएमा भण्डारीलाई ९ देखि १० वर्षसम्म कैदको सजाय हुन सक्छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा मिलापत्र गर्न नहुने कानुनी व्यवस्था छ ।

त्यस्तो कसुरसँग सम्बन्धित घटनामा स्थानीय तहलाई कारबाहीको अधिकार हुँदैन । प्रहरीमा जाहेरी दिनुपर्ने घटनामा वडाले क्षेत्राधिकार बाहिर गएर मिलापत्र गराएको छ ।

वडाध्यक्ष गुरुङले युवकलाई माफी मगाएर अब आइन्दा यस्तो नगर्ने र गरेको खण्डमा कानुनी कारबाही जाने निर्णय गरी मिलापत्र गरेको बताए ।

‘बलात्कार नै भएको भए कारबाही गर्न हुन्थ्यो, धन्न ठूलो घटना घटेन,’ उनले भने, ‘वडामा आइसकेपछि हामीले समन्वय मात्रै गरेका हौं । पीडितलाई स्वतन्त्र निर्णय गर्ने अधिकार दिएका थियौं । चित्त नबुझे कानुनी उपचारको बाटो पनि खुला छ ।’

आरोपीले पटक–पटक माफी मागेको, भविष्यमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गरेको र पीडितले पनि माफी दिएकोले मिलापत्र गरेको उनको दाबी छ । ‘पढ्दै गरेको बच्चालाई असर नपुगोस्, भोलि कन्यादान गर्नुपर्छ, कानुनी झमेलामा पर्न हुँदैन,’ उनले भने ।

वडा सचिव दुर्गा न्यौपानेले मिलापत्र गर्न पीडित परिवारलाई कुनै दबाब नदिएको दाबी गरेकी छिन् । ‘बलात्कार नै भएको भए क्षमा पाउने थिएन । युवकको पारिवारिक स्थिति हेरेर पीडित परिवारले माफी दिएको हो,’ उनले भनिन्, ‘बालिकाको पनि अहिले परीक्षा चलिरहेको छ, मुद्दामामिला गर्दा धेरै तनाव होला भनेर पनि मिलापत्र गराइयो ।’

नाबालिगमाथि जबर्जस्ती करणी उद्योग गम्भीर विषय भएकोले यस्तो घटनामा जनप्रतिनिधिकै संलग्नतामा मिलापत्र हुनु दु:खद् रहेको अधिवत्ता कुञ्जनी परियार ‘प्यासी’ बताउँछिन् ।

‘त्यसरी मिलापत्र गर्दा फेरि अर्को घटना नहोला भन्न सकिन्न, बालिकाको सुरक्षामा पनि खतरा निम्तिन सक्छ,’ उनले भनिन्, ‘मिलापत्रलाई दुरुत्साहन गर्ने गरी कानुनी व्यवस्था आएको सन्दर्भमा जनप्रतिनिधिमा गाम्भीर्यता देखिएन ।’

करणीसम्बन्धी कसुरमा मिलापत्र गराउनमा संलग्न व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले गरे वा गराएमा निजलाई थप ६ महिना कैद सजाय हुन्छ ।

Previous Post

बाटिका सहकारीमा शेयर सदस्य ३८५७ पुग्यो

Next Post

सनराईज क्लवको आठौं रक्तदान सम्पन्न, ५० युनिट रगत संकलन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
सनराईज क्लवको आठौं रक्तदान सम्पन्न, ५० युनिट रगत संकलन

सनराईज क्लवको आठौं रक्तदान सम्पन्न, ५० युनिट रगत संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?