लेखनाथ, ३ असोज । पोखरा महानगरपालिका वडा नम्वर –३२, राजाका चौतारामा रहेको बाटिका बचत तथा ऋण सहकारी संस्थामा शेयर सदस्यको सख्या ३८५७ पुगेको छ ।
वि स २०६५ सालमा एक सय ५० जना शेयर सदस्यहरुबाट स्थापना भएको सहकारीले आय आर्जनका विभिन्न कार्यक्रमलाई जोड्दै जादा गत वर्ष रहेका एक हजार ११ सदस्य सख्यामा बृद्धि भई एक हजार आठ सय ५७ पुगेको सस्थाको शुक्रवार भएको १८औं बार्षिक साधारण सभामा जानकारी गराईएको हो।
यसैविच सस्थामा शेयर सदस्य बृद्धि हुदै जादाँ शेयर पुजीमा पनि बृद्धि भएको छ । गत वर्ष ११करोड एक लाख ३२ लाख सात सय ५० रहेकोमा यस वर्षको शेयर पुजी ११करोड दुई लाख ३९ लाख सात सय पुगेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नंम्वर. ३२ का वडा सदस्य तिर्थ बहादुर सुयेलले सहकारी संस्थाहरू नियम र परिधिभित्र रहेर सञ्चालन गर्नुपर्नेमा जोड दिँदै, “शेयर सदस्यले आफ्नो दायित्व पुरा गरेका छन् कि छैनन् भन्ने आत्मसमिक्षा गर्दै, संकलित रकमको सदुपयोग गरी सहकारीलाई उत्पादनमूलक र दिगो बनाउनुपर्छ” भन्ने सुझाव दिएका थिए । उनले सहकारीलाई समुदायको विश्वासिलो, सक्षम र नमुना संस्था बनाउनुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष इन्द्र विलास पौडेल (सूर्य) ले स्वागत मन्तव्य राख्दै, “सहकारीको लामो यात्रामा सबै सदस्यको विश्वास, सहयोग र साथका कारण आज यो संस्था साझा समृद्धिको नमुना बनेको बताउदै , विगतका उपलब्धिको समीक्षा र भविष्यको नयाँ योजना प्रस्तुत गरे ।
सभामा पूर्व अध्यक्ष धर्मबहादुर बस्नेत र तुलबहादुर गुरुङ, सल्लाहकार दुर्गालाल पण्डित लगायतले संस्थाको प्रगति र ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी गराएका थिए ।
संस्थाका सचिवले आ.व. ०८१÷०८२ को प्रगति प्रतिवेदन तथा ०८२÷०८३ को वार्षिक योजना प्रस्तुत गरे । कोषाध्यक्ष सन्तोष तिवारीले आय–व्यय विवरण र प्रस्तावित बजेट प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिका संयोजक विश्वराज पौडेलले प्रतिवेदन पेस गरेका थिए ।
साधारण सभामा संस्थालाई योगदान पु–याउने कर्मचारी, उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट बाल बचतकर्तादेखि एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी र स्वयंसेवकलाई सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उत्कृष्ट कर्मचारी : पुष्पा पाण्डे, उत्कृष्ट कारोबारकर्ता ः विष्णु विक र सम्झना कोइराला, उत्कृष्ट बाल बचतकर्ता ः कियाना सिग्देल, पूर्व सञ्चालक ः कृष्णबहादुर खड्का, सुरजराज तिवारी, श्रीकान्त पण्डित, जानकी अधिकारी एसईईमा उत्कृष्ट ः संकल्प पौडेल र समृद्धि खड्का, उत्कृष्ट दैनिक बचतकर्ता ः पार्वती मगर, इच्छा श्रेष्ठ, रामजी बाँस्तोला स्वयंसेवक ः मोनिका बस्नेत रहेका छन् ।
कार्यक्रमको धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष अर्जुनराज पगेनीले गरेका थिए भने सञ्चालन सचिव कुमार थापा क्षेत्रीले गरेका थिए ।
२०६५ सालमा १५० सदस्यको साझा पहलमा स्थापना भएको संस्थाले हालसम्म बाल खुत्रुके बचत, उत्पादनमूलक लगानी (बाख्रा–कुखुरा पालन, कृषि), प्रविधि सीपमूलक तालिम, स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम लगायतका गतिविधि गर्दै आएको छ ।







Discussion about this post