लेखनाथ, १ असोज । लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तथा नेपाल टेड्र युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा पौडेललाई मातृसोक परेको छ ।
पौडेलकी ममतामयी माता देवका पौडेलको बुधवार दिउसो आफनै निवास पोखरा २६ मा निधन भएको हो । केही समय देखि विरामी पर्नु भएकी ९६ वर्षीय पौडेलका दुई छोरा मुरारी शर्मा, डिल्लीराम पौडेल र दुई छोरी सारदा आचार्य र पार्वती आचार्य हुनु हुन्छ ।
स्वर्गीय पौडेलको विहिवार विहान ८ बजे सव यात्रा सहित अन्त्येष्ठी गरिने पारिवारी स्रोतले जानकारी दिएको छ ।






Discussion about this post