लेखनाथ, १५ भदौ । पोखरा–२७ को परमार्थ नगरमा रहेको श्रीकृष्ण प्रणामी परमार्थ मिशन ट्रष्टले शिशुवा जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सम्मान गरेको छ ।
जेष्ठ नागरिकको हक हितका सवालमा दिवा सेवा केन्द्र संचालन गरेर समाजका लागि उदाहरणीय काम गरेको भन्दै श्रीकृष्ण प्रणामी परमार्थ मिशन ट्रष्टले शिशुवा जेष्ठ नागरिक दिवा सेवा केन्द्रका पदाधिकारीहरुलाई सम्मान गरेको हो ।
पोखरा–३० को शिशुवामा जेष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र संचालनमा सहयोग पु¥याउदै आउनु भएका नरहरि सुवेदी, तारा प्रसाद पौडेल, विष्णुमाया पौडेल, नर बहादुर गुरुङ र शान्ति माया ओझालाई सम्मान गरेको हो ।
स्वामी १०८ विष्णु बशिष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले जेष्ठ नागरिक समाजका जिउँदो ईतिहास भएकाले उनिहरुको सम्मान गर्नु भनेको उनिहरुको योगदानको उच्च मुल्याङकन गर्नु भएको बताएका थिए ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर संरक्षण समिति पोखरा ८ का अध्यक्ष मोहन ढकाल,सामाजिक ब्यत्तित्व पुरुषोत्तम रेग्मी, श्रीकृष्ण प्रणामी जिल्ला सेवा समितिका अध्यक्ष कृष्णप्रसाद ढुगाना, स्थानिय समाजसेवी चतुराखर अधिकारी, रामजी लामिछाने, श्रीकृष्ण प्रणामी परमार्थ मिशन ट्रष्टका उपाध्यक्ष शंकर प्रसाद पौडेल र कोषाध्यक्ष कला गुरुङ लगाएतले आ आपनो धारणा राखेका थिए ।






Discussion about this post