लेखनाथ, १५ भदौ । डायमण्ड मावि पोखरा–२७ तालचोकको माध्यमिक दिक्षान्त समारोह आइतबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको विज्ञान, व्यवस्थापन र होटल मेनेजमेण्ट संकायका १६५ जना विद्यार्थीहरु दिक्षित भएका हुन ।
माध्यमिक शिक्षा तह उर्तिण गर्ने १९ औं समुह भएपनि विश्व विद्यालयहरुले गर्ने दिक्षान्त समारोहको झल्को दिने गरि डायमण्ड माविले दोश्रो पटक विद्यार्थीहरुलाई गाउन र टोपीमा सजाएर कक्षा १२ उर्तिणको प्रमाण पत्र प्रदान गदै दिक्षित गराएको हो । विद्यालयबाट हालसम्म २१७३ जना दिक्षित भईसकेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै पृथ्वीनारायण क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्रोफेसर डा. देवेन्द्र बहादुर लामिछानेले विद्यालय शिक्षा दिने शिक्षालय मात्र नभई चेतनाको मेरुदण्ड पनि भएको वताउँदै दिक्षित भएका विद्यार्थीहरुको किताब सगै जीवन पढ्ने नयाँ जिवनको शुरुवात भएको वताउँदै आगामी दिनको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो ।
उक्त अवसरमा विद्यालयको विज्ञान, व्यवस्थापन र होटल मेनेजमेण्ट संकायबाट उत्कृष्ट हुन सफल विद्यार्थीहरु विनायक न्यौपाने, सक्षम मल्ल र ईशा श्रीस मगरलाई सम्मान गरिएको थियो भने विद्यालयकै सर्वोत्कृष्ट हुन सफल विज्ञान संकायका मयूर शाहीलाई पदम डायमण्ड अर्वाड बाट सम्मानीत गरिएको थियो ।

कार्यक्रममा स्वागत गर्दै विद्यालयका प्रिन्सिपल याम बहादुर रोकाले दीक्षित विद्यार्थीहरूलाई आफूले प्राप्त गरेको शिक्षालाई समाजको जिम्मेवारीका रूपमा लिन आग्रह गर्नुभयो । रोकाले भन्नुभयो, ‘तपाईंको हातमा आज परेको प्रमाणपत्र डिग्रीका मात्र होइन, यसमा तपाईंको अभिभावकको परिश्रम र समाजको अपेक्षा मिसिएको छ। तपाईंको हातमा डिग्रीको प्रमाणपत्र मिल्नुको अर्को अर्थ समाजको लागि निभाउनुपर्ने जिम्मेवारी थपियो भन्ने बुझ्नुहोस्।’
दिक्षित हुने विद्यार्थीहरुको तर्फबाट बोल्दै मयूर शाहीले विद्यालयमा आफ्नो सम्पुर्ण बाल्यकाल व्यतित भएको र यहिँ हुर्किएको वताउँदै विद्यालयबाट आफुले शिक्षामात्र नभई असल गुरुहरु र साथीभाई समेत पाएको वताउनुभयो । उहाँले आगामी शैक्षिक यात्राको लागि विद्यालय छाड्नुपरेता पनि आफु विद्यालय परिवारप्रति संधै कृतज्ञ रहने पनि बताउनुभयो ।
धन्यवाद ज्ञापन गर्नुहुँदै विद्यालयका निर्देशक माधवशरण उपाध्यायले दीक्षित विद्यार्थीहरुले समाज र देशको हितमा सदैब आफुले योगदान दिदै थप प्रगति पथमा अघि बढ्न प्रेरणा प्रदान गर्नुभएको थियो । उहाँले पाठ्यक्रममा भएका विषयलाई मात्रै नभई ब्यवहारीक र पारिवारीक संस्कार सहितको सांस्कृतिक, नैतिकवान शिक्षा प्रदान गरिएको उनले बताए
विद्यार्थीसहित अभिभावकहरु, समाजका लब्ध प्रतिष्ठित व्यत्तित्वहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक सञ्जिव थापाले गर्नुभएको थियो ।








Discussion about this post