लेखनाथ, १५ भदौ । पोखरा–३० को शिशुवामा रहेको चेतनशिल आदर्श युवा क्लवले हरेक महिना गर्दै आएको सरसफाईको १५ औं श्रृखला सम्पन्न गरेको छ ।
वातावरण संरक्षणका लागि स्थानिय तहमा सरसफाई महात्व बुझाउने उदेस्यले राखिएको सरसफाईको १५ औं श्रृखलामा शिशुवा चोक वरपर र शिव मन्दिर परिसरमा सरफाई गरिएको सल्लाहकार ओमकार पाण्डेले जानकारी दिएका छन् ।
कार्यक्रम संयोजक भिष्मराज लामिछानेको नेतृत्वमा निस्कीएको टोलीले आफनो टोल वरपर आफैले सफा राख्नका लागि स्थानियलाई अनुरोध गरिएको थियो भने क्लवका अध्यक्ष बिशाल गुरुङले सरसफाई अभियानलाई सवैको साथ र सहयोगले निरन्तरता दिने बताए। साथै उनले क्लवले आगामी असोज ११ र १२ गते दशै टोल कपको आयोजना गर्न लागको वताएका थिए ।






Discussion about this post