लेखनाथ, १४ भदौ ।
पोखरा महानगरपालिका वडा नं २९, भण्डारढिकमा रहेको आदर्श हाडवयेरले आफ्नो नाम जस्तै समाजमा आदर्श काम गरेर सकारात्मक सन्देश दिएको छ ।
आफ्नो १४औं स्थापना दिवसको अवसरमा संस्थाले पोखरा–३२ मा रहेको राधाकृष्ण वृद्धाश्रमलाई रु २५, हजार १४ रुपैयाँको आर्थिक सहयोग गरेको हो । हाडवयेरका सञ्चालक विजय गुरुङ्गले आश्रमका अध्यक्ष विश्वराज लामिछानेलाई सहयोग रकम हस्तान्तरण गरे ।
स्थापना दिवसमा गरिने खर्चलाई सामाजिक क्षेत्रमा लगाएर उदाहरणीय कार्य गरेको हाडवयेरले यसअघि लेखनाथ पत्रकार मञ्चलाई पनि रु २५,हजार १३ रुपैया सहयोग गरेको थियो ।
कार्यक्रम उद्घाटन गर्दै वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्गले साना व्यवसायहरू सामाजिक उत्तरदायित्वमा अग्रसर हुँदै समाजमा सकारात्मक सन्देश दिन थालेको बताए । उनले व्यवसाय प्रवद्र्धनसँगै समाजसेवा दुबैलाई सँगै लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा जनप्रकाश बहुमुखी क्याम्पसका प्रमुख ऋषि वुढाथोकी, लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनका अध्यक्ष विरभद्र कंडेल, समाजसेवी रामजी पौडेल लगायतले आदर्श हाडवयेरको प्रयासको प्रशंसा गरेका थिए ।
आर्दर्श हार्डवेयरका सञ्चालक विजय गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सन्दीप पौडेलले गगरेका थिए भने धन्यवाद ज्ञापन विष्णु हमालले गरेका थिए ।






Discussion about this post