लेखनाथ १४, भदौ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३० को शिशुवामा रहेको चक्रदेवी बहुमुखी सहकारी संस्थाको ५८ औं साधारण सभा तथा ११ औं अधिवेशन अर्जुन कुमार ताम्राकारको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
आगामी दुई वर्षका लागि वर्तमान उपाध्यक्ष रहेका ताम्राकारलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा अर्जुन ओझा,सचिवमा निर्मल कोईराला,कोषाध्यक्षमा राजु गुरुङ,सह सचिवमा सृजना सुवेदी र सदस्यहरुमा मोहनराम पौडेल,राजु ताम्राकार,कल्पना वराल तिवारी र बालकृष्ण सुवेदी रहेका छन् । यसैगरि लेखा समितिको संयोजकमा सरदवावु जि सी र सदस्यहरुमा सुरथ ढकाल र डिलमाया शर्मालाई चयन गरिएको हो ।
यस अघि कार्यक्रमको उद्घघाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदीले सहकारीको क्षेत्रमा देखिएका समस्यालाई नितिगत रुपबाट समाधान गर्नुपर्नै आवश्यकता औंल्याउदै सहकारीहरुले ठाउँ विशेषलाई मध्यनजर राख्दै एक सहकारी एक कृषि उत्पादनतर्फ नजाने हो भने सहकारीको क्षेत्रमा ठु्लो संकट आउन सक्ने सम्भावना औंल्याएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले सहकारीले व्यावसायिक उत्पादन सुरु गरी आफना सेयर सदस्यहरुलाई आन्तनिर्भरको बाटोतर्फ अग्रसर गराउनुपर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष ऋषिराम जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा शिशुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवीन प्रसाद बास्तोला, सम्पूर्ण सेयर सदस्यहरुको तर्फबाट शारदा लामिछाने अधिकारी,पूर्व अध्यक्ष शिवराज अधिकारी लगायतले सुसुप्त अवस्थामा रहेको संस्थालाई पुनर्जागरण गरी अहिले ५८ औं बार्षिकोत्स मनाउन सक्ने हैसियतसम्म पु¥याउनुमा सबैको साथ र सहयोग रहेको बताएका थिए ।
विभिन्न सम्मानका कार्यक्रमहरु समावेश गरिएको कार्यक्रमको सञ्चालन सचिव उपेन्द्रराज पौडेलले गरेका थिए । धन्यवाद ज्ञापन निर्वतमान अध्यक्ष शिवप्रसाद बास्तोला र स्वागत मन्तव्य उपाध्यक्ष अर्जुनकुमार ताम्राकारले गरेका थिए । ९ सय ८७ सेयर सदस्यहरु रहेको संस्थाको सेयर पुँजी ६ करोड ६९ लाख ६५ हजार ९ सय छ ।






Discussion about this post