लेखनाथ १४, भदौ ।पोखरा महानगरपालिका वडा नम्वर २६ को कालिकाचोकमा रहेको सर्वेमोक्ष धाम मन्दिर संरक्षण समितिको अध्यक्षमा वशन्त बञ्जरा चयन भएका छन् ।
समितिको शनिवार भएको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले अगामी कार्यकालका लागि सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा नारायणी रानाभाट,सचिवमा सरस्वती बञ्जरा र कोषाध्यक्षमा दण्ड पन्थ रहेका छन् भने समितिको सदस्यहरुमा रुप बहादुर बञ्जरा,रेवती अधिकारी भाट,युवराज रानाभाट,रिता रानाभाट,कमला रानाभाट र मधु ढुगाना रहेकी छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महनागरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले धर्म र सस्कृतीको रक्षाका लागि स्थानिय स्तरमा निर्माण भएका मठ,मन्दिर तथा धार्मीक स्थलको संरक्षण गर्दै जानु पर्नेमा जोड दिएका थिए ।
मन्दिर संरक्षण समितिको अध्यक्ष बल बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक जसोदर सापकोटा,जग्गादाताँ ओमराज बञ्जरा,स्थानिय समाजसेवी शिव वहादुर रानाभाट, सस्थाका सल्लाहकार प्रेम गुरुङ, सचिव दिपेन्द्र रानाभाट र राजेन्द्र कुमार रानाभाट लगाएतले मन्दिर परिसर साघुरो भएको,सस्थामा जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन गर्नु पर्ने आवस्यकता र १०८ शिवलिङ राख्ने योजनाहरु रहेको वताएका थिए ।







Discussion about this post