लेखनाथ १२ भदौ । लेखनाथ उद्योग वाणिज्य संघको आसन्न २९ औं साधारणसभा तथा १५ औं अधिवेशनमा नेतृत्वमा पुग्नका लागि जानुका पराजुली अधिकारी आफ्नो टिमसहित चुनावी मैदानमा देखिएकी छन् । भदौ २० र २१ गते हुने अधिवेशनमा अधिकारीले बिहिबार एक पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो टिमको औपचारिक घोषणा गरेकी हुन् ।
‘ईमान्दारिता, पारदर्शिता र लगनशिलता, व्यावसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यकता’ नारासहित अधिकारीको टिम आफ्ना मतदाताहरुको घरदैलोमा मत माग्न पनि गईरहेको उनले बताईन् ।
यसपटक दुई प्यानलबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ भने संघको २९ वर्षिय इतिहासमा पहिलो पटक महिला उम्मेदवारले अध्यक्षको दाविसहित आफ्नो टिम घोषणा गरेको पहिलो पटकको हो । यस विषयलाई सबै क्षेत्रबाट विशेष चासोका साथ हेरिएको छ ।
जानुका पराजुली अधिकारी अध्यक्षको प्रत्याशी रहेको टिममा, वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, दितिय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आईडि), महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगा कुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटी प्रत्याशी रहेका छन् ।
यस्तै, खुल्ला सदस्यका प्रत्याशी तर्फ प्रतिक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने, बीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन (भविन), सुजन न्यौपाने, दिपक अधिकारी, कृष्ण प्रसाद तिमिल्सिना, सन्दिप बुढाथोकी रहेका छन् । यता एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा बिरभद्र कँडेल, महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार प्रत्याशी रहेका छन् ।
अध्यक्षका प्रत्याशी उम्मेदवार अधिकारीले आफ्नो टिमले संघमा रुपा, मादी र साविक लेखानाथका सम्पूर्ण व्यवसायी हरुलाई एउटै छाता मुनि अटाउने गरी दायरा र वातावरण सिर्जना गर्ने मान्यता बोकेर अघि बढेको बताईन् । आफ्नो टिम अनुभवि, बौद्धिक, परिपक्व र समावेशी भएको बताउदै उनले नीतिगत कुरामा जोड दिईन् । समस्याहरुको पहिचान र समाधानका उपाएहरु खोज्न तल्लिन हुने बताईन् ।
संघका सदस्यहरुमा साधारण सदस्य तर्फ १९६१, एशोसिएट तर्फ ५० र बस्तुगत तर्फ ८ गरेर जम्मा २०१९ सदस्यहरु रहेका छन्।







Discussion about this post